गजल
आजयहाँ
दुनियाले मेरो खुशी लुट्न थाल्यो आजयहाँ
आँखा बाट अश्रुधारा छुट्न थाल्यो आजयहाँ
खुशी जति हराएर पिडाहरु छल्किदिदा
मन भित्र ज्वालामुखी फठ्न थाल्यो आजयहाँ
भविष्यको सुख खोज्न दुःखसँग लड्छु भन्दा
समयको असिनाले चुट्न थाल्यो आजयहाँ
गन्तब्यका यात्राहरु अनायसै हराँउदा
विश्वशताको नाता पनि टुट्न थाल्यो आजयहाँ
जीवन कै उपहार गहभरी आँसु पारी
चारैतिर ज्वारभाटा उठ्न थाल्यो आजयहाँ
एउटै लक्ष्य पुरा गर्ननिरन्तर अघि बढ्दा
कदम कदममा शत्रुहरु जुट्न थाल्यो आजयहाँ
खेलझैँ बन्नगयो मिहेनतपनियहाँ
प्रतिस्पर्धा गोला प्रथामा थुत्न थाल्यो आजयहाँ
कम्प्युटरको प्रयोगसँगै युवाहरु सुस्त बन्दा
रातारात धनमाल धुत्न थाल्यो आजयहाँ
सबैजना समावेशी, साझा फुलबारी भन्नाले त
गरीबलाई नि धनी सँग भुट्न थाल्यो आजयहाँ
( लेखक आकृति न्यौपाने बलेफी गाउँपालिका–२ सिन्धुपाल्चोक घर भई श्री सिन्धु बहिरा आधारभुत विद्यालयमा विज्ञान विषयकी शिक्षिका हुन् ।)