चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार (मंसिर १४ गते) नेपाल भ्रमणमा आउने तय भएकाे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएकाे छ । तर फेङहीकाे भ्रमणचाहिँ एक दिनका लागि मात्र तय भएकाे जनाइएकाे छ । उनी आइतबार नै फर्कनेछन् ।
एकदिने भ्रमणमा फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका प्रमुखसँग भेट्ने कार्यक्रम छ । सुरक्षा निकायमा भने विशेषगरी फेङ्हीले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेट्नेछन् ।
नेपालमा पछिल्लाे समय दुवै छिमेकी सुरक्षा एवं कूटनीतिक बढाउनुलाइ महत्वपूर्ण रूपमा हेरिएकाे छ ।