तिर्नुपर्ने बक्यौता रकम करोडमा पुगेपछि पाकिस्तानको विद्युत कम्पनीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सचिवालयको बिजुली लाइन काट्ने सुचना निकालेको छ।
पटक-पटक बिल तिर्न सचिवालयलाई ताकेता गरेपनि समयमा पैसा नपाएपछि कम्पनीले बिजुली काट्ने सूचना निकालेको हो ।
इस्लामावाद विद्युत वितरण कम्पनीले बुधबार एक सूचना जारी गर्दै खानको सचिवालयको बिजुली काट्ने बताएको हो।
पाकिस्तानका संचारमाध्यम खलिज टाइम्सका अनुसार प्रम इमरानको सचिवालयले यस महिना तिर्नुपर्ने ४१ लाख र गत महिनाको ३५ लाख बिजुली विल नतिरेको जनाएका छन्।
कम्पनी निकट श्रोतका अनुसार कयौं पटक ताकेता गर्दा पनि सचिवालयले बिल तिर्न अटेर गर्दै आएको छ।
'यो सचिवालयको दोहिरिरहने समस्या हो। हामीले बक्यौता रकम पाएनौं भने लाइन काट्छौ', कम्पनी श्रोतले भन्यो।
बितेका वर्षहरूमा पाकिस्तानमा बिजुलीको पैसा नतिरिने समस्या ठूलो बन्दै गएको छ। गर्मीका महिनाहरूमा १२-१२ घण्टासम्म पाकिस्तानमा लोडसेडिङ् हुने गरेको छ।
सन् २०१३ मा अत्यधिक बहुमतले चुनाव जितेको इमरानले त्यतिबेला आगामी निर्वाचनसम्म बिजुली समस्या पूर्णरूपमा हल गर्ने वाचा गरेको थियो।
पछिल्लो समय पाकिस्तानको आर्थिक अवस्था खस्किदैं गएको छ र त्यसको असर सबैतीर देखिन थालेको छ।
केहीसमय अगाडी प्रधानमन्त्री इमरानले पाकिस्तानसँग पैसा नभएको र राष्ट्रिय ढुकुटी रित्तिएको बताएका थिए। एजेन्सी