कैलाली। बीपी कोइराला ३३ वर्षकै उमेरमा कांग्रेस सभापति हुनु भयो अनि २०१६ सालमा पहिलो जननिर्वाचित सरकारको प्रधानमन्त्री बन्दा बीपी ४५ वर्षका मात्र थिए। मदन भण्डारी ३७ वर्षकै उमेरमा एमाले महासचिव बने। नेपाली राजनीतिका ‘युग पुरुष’ बीपी र मदनले युवा उमेरमै पार्टी हाँके। राजनीति र समाजलाई नयाँ गोरेटोमा डोर्याउने सिद्धान्त, विचार र कार्यक्रमको रचना गरे। बीपीले प्रजातान्त्रिक समाजवादको प्रतिपादन गरे।
मदनले जनताको बहुदलीय जनवाद (जबज) को बाटोमा कम्युनिष्ट आन्दोलन र समाजलाई डोर्याए। तर, आज नीति निर्माण तहमा युवाको उपस्थिति नारामै सीमित छ। ठूला पार्टीको मुल नेतृत्व ७० वर्षको वरिपरि छ। युवा र नेतृत्वको वकालत गर्ने दोस्रो पुस्ताले पनि ४० वर्ष उमेर पार गरिसकेको छ । राष्ट्र विकास र नीति निर्माण तहमा युवाको जबर्जस्त उपस्थिती र हस्तक्षेपबारेको बहस पुरानै हो। राजनीतिक र सामाजिक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको युवाको नीति र राष्ट्र निर्माणमा सहभागिता भने सन्तोषजनक छैन।
जनक्रान्तिको बलमा बनेको संविधानले युवाको सहभागिता, उपस्थिती र महत्वबारे संवैधानिक व्यवस्था नै गर्यो। तर, व्यवहारमा ठिक उल्टो छ। संविधान जारी भएपछि तीनवटै तहमा युवा नेतृत्व अपेक्षाकृत स्थापित हुन सकेन। ‘युवालाई क्रान्ति र आन्दोलनमा मात्र उपयोग गर्ने कुसंस्कारले राष्ट्र निर्माणमा युवाहरूको भूमिका कमजोर बन्दै गएको छ।’
राष्ट्रिय युवा परिषद् ऐनले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा उमेर निर्धारण गरेको छ। सबै नीतिको मूल नीति राजनीति मानिन्छ। तर राजनीतिक नेतृत्व एवं नीतिनिर्माण तहमा भने ७० वर्ष उमेर समुहकै कब्जा छ। राजनीतिमा प्रवेश गराउने र चुनावमा टिकट दिने बेलामा पार्टीका शीर्ष नेताहरू युवाप्रति अनुदार हुने गरेका छन्।
कि त अझै फेरि अर्को बिपि कोइराला र जननेता मदन भण्डारी भएरै जन्मिनु पर्छ हार्म्रो देश नेपालमा । युवाहरुले पनि अब नेतृत्वका लागि तयार हुनु पर्छ । हैन भने राजनीतिक पार्टीहरुले युवालाई युज एण्ड थ्रो बनाइ रहनेछ्न । देश र राज्य व्यवस्थामा सधै कमजोर र भुमिका बिहिन बनाइ रहनेछ्न । राज्य सत्ता सञ्चालनमा पश्चिमि मुलुकहरु युवा नेतृत्वबाट समयानुकूल विकसित र सफल एबम शक्तिशाली राष्ट्र निर्माणमा युवाहरुको सहभागिता र महत्त्वपूर्ण भुमिका रहेको छ । तर नेपालमा भने ७० बर्ष देखि ८० बर्षको पेरिफेरिमा हजुर बुवाहरुको नेतृत्वमा सरकार र राज्य सत्ता सञ्चालनले युवा पीडिलाई निरुत्साहित बनाइ रहेको अवस्था छ ।
नेपाली युवाहरु जन्म भुमीमा परिक्षण हुन नपाइ युवाहरुको ठुलो जमात श्रमशक्ति बेच्न वैदेशिक रोजगारमा जानू पर्ने बाध्यतालाई रोक्न नेपाल सरकार र सम्बन्धित सरोकारवालाको ध्यान केन्दित हुन जरुरी छ । हामी नेपाली युवा काम गर्ने सक्ने उमेर नेपाल बाहिर बेतित गरेर आराम गर्ने उमेर आफुनो भुमीमा फर्किने चलन छ । हरेक नागरिकलाई राज्यले देशमा नै स सम्मान श्रम गर्न पाउने र देश निर्माणमा सबै भन्दा पहिले युवाहरू लाई प्रोत्साहन गर्न जरुरी छ ।
राज्यका हरेक तहमा युवाका हरेक काम ,कर्तव्य र नीति निर्माण एवंम कानुनी कार्यान्वयन सम्म युवाको पहुँच र अवसरमा परिवर्तन गर्न जरुरी छ । वैदेशिक रोजगारले रेमिटान्स त भित्रिन्छ तर युवाहरुको देश बनाउने सपना ,सोच र भिजन प्रयोग गर्न पाउने छैनन् ।
देश प्रतीको माया, सद्भभाव र उत्तरदायी भुमिकामा रहन पाउने छैनन । राज्यले युवाहरुको योगदान गुमाउँदै राज्य कमजोर हुनेछ । युवा देशको शक्ति हो ,युवा नयाँ आयाम हो, युवा क्रान्ति हो, युवा भबिस्य पनि हो । देशलाई विश्वभरका हरेक मुलुक सङ्ग हातेमालो गर्न सहर्काय गर्न युवाहरुको महत्त्वपूर्ण भुमिका बहन गर्न पाउने छैनन ।
प्रत्येक युवाहरुले आफ्नो काम ,कर्तव्य र जिम्मेवारि लाई प्रयोग गर्न पाउने छैनन । त्यसैले युवाहरुको मन ,बिचार र कामलाई सफल बनाउन युवालाई देशको नेतृत्वमा पुर्याउन हरेक राजनीति दल , स्वतन्त्र नागरिक समाज र सबै मतदाताहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ मा सक्षम नेतृत्व युवाहरुलाई मतदान गरि सहयोग गरौ । अनि मात्रै बन्ने छ सपनाको नेपाल, साकार नेपाल , सुखी र समृद्ध नेपाल । जसले गर्नेछ देशको आर्थिक समृद्ध , सुशासन र संस्कार सहितको सफल युवा नेतृत्वको नेपाल सरकार ।
✍️ छवि राज जोशी
नेकपा राष्ट्रिय एकता अभियान केन्द्रिय सदस्य एवं कैलाली जिल्ला इन्चार्ज हुनुहुन्छ ।