डोटीको जोरायल गाउँपालिका ३ बरममा बस्नु हुने २९ बर्षिया महिला युवा उद्धेमि आकृति कठाएत जोशी बिगत १० बर्ष देखि व्यावसायिक कृषि र पशुपालनका विभिन्न क्षेत्रमा रमाउदै आउनु भएको छ ।
कक्षा १२ सम्मको अध्ययन गर्नु भएको आकृतिले हाल नमुना महिला युवा उद्धेमिका रुपमा व्यावसायिक तरकारी , फलफूल , बाख्रापालन,स्थानीय कुखुरा ,माछा ,माहुरी भैंसी संगै जैविक कम्पोस्ट मलको लागि गड्यौंला पालन लगाएतका विभिन्न कृषि कार्य गर्दै आउनुभएको छ । "पढेर जागीर मात्रै खानुपर्छ भन्ने युवाको सोचलाई कृषि गरेर पनी मनग्य आम्दानी गर्न सकिन्छ र आफ्नै माटोमा रमाउदै आफै नोकर आफै मालिक बन्न सकिन्छ भन्ने सोच आएर आफुलाइ यो क्षेत्रमा बिगत १० बर्ष देखि समर्पित गरेको छु" आकृतिले भन्नू भयो । यसै कृषि बाट आफुले राम्रो आम्दानी गरेको बताउदै उहाँले "पहिले पहिले कृषिमा लागेको देख्दा अरुले हेलाको नजरमा हेर्ने गरेकोमा अहिले सफलता प्राप्ति पछि सबैले आफू संग कसरी ब्यबसाय गर्ने भनेर सल्लाह लिन आउने गरेको "उहाँ बताउनुहुन्छ।
गत बर्ष उहाँ डोटी उत्कृष्ट कृषकको रुपमा भिमदत्त उत्कृष्ट पुरुस्कार बाट पनि सम्मानित हुनुभएको थियो । पहिले आफ्नै लगानी अनि प्रमपरागत तरिकाले कृषि तथा पशुपालन गर्दै आउनु भएको उहाँले अहिले धेरै राष्ट्रिय स्तरका कृषक तालीम लियर आफ्नै फर्म दर्ता गरि व्यावसायिक कृषि तथा पशुपालनको काम गर्दै सफल युवा महिला उद्धेमी हुनुभएको छ ।
"दिनभर कृषि कार्य र पालिएका पशुपंक्षिको काममा ब्यस्त रहने भएकोले बाहिरका बेकामे कुरामा आफुलाइ मतलब नहुने र आफ्नै फर्म र कर्ममा रमाइलो लाग्ने संगै फर्मका बाख्रा कुखुरा भैंसीहरुले मैले बोलेको उनिहरुले बुझ्ने र उनिहरुले बोलेको पीडा आबश्यता खुशी समेत मैले बुझ्ने गरेको छु । आफ्नै सन्तान जस्तै फर्ममा रहेका पशुपंक्षिको माया लाग्ने र त्यसै अनुरुप तिनिहरुको स्याहार हेरचाहमा रमाइलो संग दिन बित्छ, मलाइ फर्ममा काम गर्दा कुनै थकाइ दिक्क डर घिन लाग्दैन" उहाँले थप्नु हुन्छ " मैले यसै ब्यबसाय बाट आफुलाइ सबैमाझ चिनाउन पाएकी छु,आफ्ना आबस्यकता संगै आर्थिक रुपमा आफुलाइ राम्रो पार्न सकेकी छु त्यसैले अब यो ब्यबसाय छोड्न सक्दिन धेरै अन्य जागीर र अन्य ब्यापार ब्यबसायका मौका मिलेपनी म त्यसतर्फ जाने सोचमा छैन,, मलाइ आफ्नै कृषि ब्यबसायमा रगत पसिना बगाइ अन्य युवालाई समेत यो क्षेत्रमा स्थापित गर्ने योजना छ ।अब फेरि नयाँ ठाउँमा थप ब्यबसाय बिस्तार गर्ने योजना छ ।" ब्यबसाय संचालनमा घरका सदस्यहरु सबैले आफुले सक्ने काम समय मिलाएर सघाउने गरेको उहाँले बताउनु भयो । उहाँले थप्नु हुन्छ " कृषि क्षेत्रमा गर्न सकेमा मनग्य आम्दानी भएतापनी बजारको अबाभ,रोग किरा तथा बन्यजन्तुको आक्रमण लगएतका कारण जोखिम समेत रहेको छ ।यस्को लागि बिमा संगै स्थानीय सरकार लगाएतले सहयोग गरेमा अझै काम गर्न सजिलो र जोखिम कम रहन्छ संगै अरुको देखावटीमा भन्दा आफ्नो क्षेत्रमा उपयुक्त ब्यबसायको छनोट , कच्चा पदार्थ र बजारको प्रयाप्तता र आफ्नै लगानी तथा चासोको ब्यबसाय छनोट संगै पारिवार ,समाज र सरकारको साथ सहयोग भएमा मात्रै ब्यबसायमा सफल बन्न सकिन्छ।"
उहाका श्रीमान श्री केशब नारायण जोशी ज्यु को सहयोगमा सम्पादित आलेख