कुनै समय मान्छेको जस्तै कृषि र पशुपंक्षि बिमा हुन्छ भन्दा अचम्म मान्ने र बिमा गर्न नमान्ने किसानहरुको आजभोलि कृषि तथा पशुपंक्षि बिमा प्रती आकर्षक बढेको छ । कृषि तथा पशुपंक्षीका क्षेत्रमा हुने जोखिमलाई न्यूनीकरण गर्न र किसानलाई कृषि तथा पशुपालनमा आकषित गर्ने उदेश्यले गरिने कृषि तथा पशुपंक्षी बिमा गर्ने किसानहरुको संख्या दिनानुदिन बढ्दै गएकोछ।
"आजभन्दा ४ बर्ष अघि सम्म हामिलाइ कृषि तथा पशुपंक्षी बिमाको बारेमा थाहा थियन ।कस्ले बिमा गर्छ भन्नेपनी थाहा नहुँदा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत हाम्रो भैंसी पालन समूहले खरिद गरेका भैसिँलाइ बिमा गर्नु पर्यो ,त्यो बेला बिमा केहो ?किन गर्नुपर्छ?कहाँ अनि कसरी गर्ने ?भन्नेकुरा हामीलाई थाहा नहुदाँ पशु बिमाअभिकर्ता खोज्न हामिलाइ हम्मेहम्मे भएको थियो ।बल्ल दिपायल बाट बिमा अभिकर्ता बोलाएर भैंसीको बिमा गराएका थियौ ,किसानले बाध्यताले बिमा गरेको जस्तो महसुस गरेका थिए तर पछि आएर मात्रै थाहा भयो कि बिमा त अनिवार्य रहेछ भनेर अहिले सबैजसो किसानले आफै स्वैच्छिक कृषि संगै पशिपंक्षी बिमा गरेका छ्न " नमुना भैंसिपालन समुह जोरायल गाउँपालिका ४ डोटीका उपाध्यक्ष पशुपति देवी जोशीले बताउनु भयो ।
बिगतमा स्थानीय स्तरमा कृषि तथा पशुपंक्षी को बिमा गर्ने कम्पनी तथा अभिकर्ता नहुनु,किसानको बिमा प्रती चाँसो र ज्ञान नहुनु जस्ता कारणले किसानले बिमा गर्दैनथे ।सुरु सुरुमा हामीले किसानलाइ बिमा गर्नुहोस् भन्दा उल्टै हामिलाइ के फाइदा छ ? बेक्कारमा पैसा किन खर्च गर्ने? पछि मान्छेका जसरी रकम फिर्ता मिल्छ र ? भनेर प्रश्न गर्नुहुन्थ्यो तर अहिले आएर किसानमा बिमा प्रतिको सकारात्मक धारणा बिकास भएको छ ।सरकारले बिमाको किसानले तिर्न पर्ने रकम पनि फिर्ता गरिदिन्छ भने कृषि पशुपंक्षिमा क्षेती तथा मृत्यु भएमा किसानले क्षेतिपुर्तिको रकम पाएकाछन। हामिजस्तै बिमा अभिकर्ता गाउँ गाउँमा छौ अनि किसानले हामिलाइ बोलाएर बिमा गर्छन। बिगत बर्ष भन्दा अहिले दोब्बरले बिमा गर्ने किसानको संख्या बढेको छ।" रास्ट्रीय बिमा कम्पनी का बिमा अभिकर्ता शन्तोष अबस्थिले बताउनु भयो ।
हाल कृषि तथा पशुपंक्षी ब्यबसायमा बढ्दै गएको जोखिम न्यूनीकरण मा बिमाले किसानलाई ठुलो राहत दिएको छ ।अझै बिमालाइ प्रभाकारी बनाउन मृत्यु दाबी भुक्तानीलाई अनलाइन प्रबिधिमा लैजानु को साथै कम झन्झटिलो बनाउनपर्ने, संगै सरकारले किसानको बिमामा दिने अनुदानलाई समेत सजिलो प्रक्रिया बाट भुक्तानी र सबै किसान सम्म पुर्याने ब्यबस्थाका साथसाथै सबै किसानमा बिमा शिक्षाको आबस्यकता देखिन्छ ।
डोटीको जोरायल गाउँपालिकामा पनि कृषि र पशुपंक्षी बिमा प्रभावकारी बन्दै।।
नेपाल सरकारले कृषि तथा पशुपन्छी बिमा सुरु गरेको करिब ११ बर्ष भयो।त्यस्तै जोरायल गाउपालिका डोटिमा पनि बिगत १/२ बर्ष देखि किसानहरु कृषि बिमा प्रती आकर्षित देखियको छ जोरायल गाउपालिका कृषि बिकास शाखामा कार्यरत कृषि प्राबिधिक ना प्रा स सन्तोष कुमार अवस्थी ले कृषि तथा पशुपन्छी बिमा अभिकर्ता तालिम लिइ राष्ट्रिय बिमा कम्पनी लिमिटेड बाट लाइसेन्स लिए पछि उक्त गाउँपालिका कृषि तथा पशुपन्छी बिमा गर्ने कृषकहरुको सङ्ख्या अझ बढेको छ ,पहिले पनि बिमा गर्ने अभिकर्ता थिय तर सबैको बिश्वास किसानहरुले गरेको थियनन अहिले आफ्नै पालिकाकै कार्यरत कृषि प्राबिधिक कर्मचारी कृषि बिमा अभिकर्ता हुदा बिश्वास को साथै ट्याग लगाउन ,सिफारिस बनाउन,नोक्सान हुदा दाबी प्रक्रिया समेत अभिकर्ता ले आफै फाइल तयार गरि सम्बन्धित कार्यलय सम्म पुर्याइ सहजीकरण गरिदिदा अझै किसान कृषि बिमा प्रती आकर्षण देखियको छ।
आ ब २०७८/०७९ देखि हाल सम्म जोरायल गाउपालिका मा पशुपन्छी तर्फ लगभग २,००० वटा बाख्रा को बिमा,१० वटा भैसिको बिमा,५०वटा गाइको बिमा गरिएको छ भने कृषि तर्फ ८० हेक्टर मकै बालिको बीउ उत्पादन बिमा,११५ रोपनी धान बालिको बिमा,४० रोपनी आलु बालिको बिमा गरिएको छ। अहिले सम्म बिमा दाबी अन्तरगत धान बालिको रु६२,०००।- बराबर को ,१ वटा भैसिको रु९०,०००।- छ,५ वटा बाख्राको १,००,०००।- बराबर को बिमा दाबी भुक्तानी गरि चेक किसान लाई हस्तान्तरण गरिसकेको बिमा अभिकर्ता शन्तोष अबस्थिले जानकारी दिनुभयो।साथै अभिकर्ता शन्तोष अबस्थी यस बर्ष रास्ट्रीय बिमा कम्पनिका उत्कृष्ट ५जना बिमाअभिकर्ता भित्र पर्न सफल भएर दोसल्ला,सम्मानपत्र र नगद रु १०,०००।- बाट सम्मानित हुनुभएको छ।
सुदुरपश्चिम प्रदेशमा कृषि तथा पशुपन्छी बिमा को लागि सङ्घिय सरकारले ८०% र प्रदेश सरकारले २०% गरि १००% निशुल्क बिमा गर्ने ब्यवस्था छ। ८०% सम्बन्धित कम्पनिको खातामा जम्मा हुन्छ भने प्रदेश सरकारको २०% किसानले प्रक्रियासम्मत फिर्ता पाउने ब्यवस्था छ।