इश्वरीदत्त जोशी
जोरायल गाउँपालिका ३ बरम तपोवन
यस्ता चलन काहाँबाट आए सबैले दुख पाउने
आफ्नो धर्म चलन छोडी बेचलनमा रमाउने ।
लवाइ खवाइ बोली संस्कार सबै आफनो छोडी
आफुलाइ असभ्य बनाउछन दुख मात्रै जोडी
दुख सहि आमा बा ले सन्तान पाली पढायो ।
बुढेसकालमा उनै सन्तानले सातडाडा कटायो।
जस्तो गर्छौ आमा बालाइ दुख अपमान हेर।
सन्तानमापनि त्यही संस्कार चल्ने होनि फेर।।
आमा बुवा जिउँदो भगवान दुख नदिइ पाल्नु।
परिवारमा कुसंस्कार भए आजै देखि फाल्नु।।
देउता जस्तै आफू बनी घरलाई स्वर्ग बनाउनु ।
चेतनाको शंक फुकी राम्रो संन्देश जनाउनु ।।
संयमित लगनशील अनि अनुशासित भएर।
राम्रा ज्ञान अझै बढाउ सत्संगतमा गएर ।।
आफ्नो धर्म अमृतै हो परधर्मलाइ सम्मान ।
बुढाको अर्ती जवानको शक्ति बिकास तमाम।।
पछि हामि बढो हुँदा अबस्था आउँछ सोही।
अहिले हामी स्वार्थी भए राम्रो मान्दैन कोहि।।
सेवा गरे सेवा फल्छ पाप गरेमा पाप।
राम्रो कर्म गर्दै गए जिवनभरलाइ लाभ ।।
खराब काम कुलतको पंजा फस्नु छैन।
आजै देखि कुसंस्कारिको संगै बस्नु छैन।।
परोपकार सहयोग सेवा गरे सबले सम्मान गर्ने अल्छी बदमास कुलति हुन सधै रोइरोइ मर्ने।।