अहिले नेपालि समाजमा बिकराल र जटिल समस्याको रुपमा रहेको लागुऔषध विरुद्धको जनचेतनामूलक कार्यक्रम इलाका प्रहरी कार्यालय जोरायल डोटीले स्थानीय तह,नागरिक समाज, बुद्धिजीवी , समाजसेवी , विद्यार्थी लगाएत स्थानीय जनतासंग दिनदिनै गर्दै आएको छ । हाल सम्म जोरायल गाउँ पालिकामा लागू औषध प्रयोगकर्ता र बिक्रीवितरण भएको कुनैपनी सुचना प्रहरीलाइ प्राप्त नभएता पनि भावी दिनहरूमा समाजमा लागूऔषध प्रयोगकर्ता भएमा विभिन्न समाजिक सुरक्षा चुनौती थपिने कुरालाई अहिलेनै मध्यनजर गरि अगामी दिनमा समाजमा लागू औषधका कारण जटिल परिस्थिति शृजना नहोस् भनी सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रहेर जोरायल क्षेत्रका बिद्यालय देखि समाज सम्म लागू औषध विरुद्धको चेतनामूलक अभियान संचालन गर्ने गरेको इलका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक बलिभद्र पनेरुले बताउनु भयो ।
बिगतका दिनहरूमा सहर बजारक्षेत्रमा मात्रै बिकराल समस्याको रुपमा रहेका लागू औषध प्रयोगकर्ता अहिले गाउँमा पनि हुन सक्ने सम्भावनालाई मध्यनजर गरि यस्तो खाले चेतनामूलक र खबरदारीका कार्यक्रम संचालन गर्ने गरेको, साथै सहरमा काम तथा जागीरको लागी जाने युवायुवती तथा बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु बढी जस्तो लागू औषध सेवनमा पर्ने जोखिम र सम्भावना भएका कारण इलाका प्रहरी कार्यालय जोरायलले यस क्षेत्रका ३ र ४ नम्बर वडाका विभिन्न माद्यामिक र आधारभूत बिद्यालय संगै गाउँ टोल बस्तीमा लागू औषध विरुद्धको जनचेतनामुलक कार्यक्रम संचालन संगै सामुदायिक प्रहरी साझेदारीका विभिन्न कार्यक्रमहरु जस्तै समाजिक कुरुती विरुद्ध को चेतनामूलक कार्यक्रम , समाजिक बिकृती र समस्या सम्बन्धि जनचेतना , अपराध र शान्ति सुरक्षा सम्बन्धि जानकारी दिने लगाएत प्रहरी र नागरिक बिचको सु मधुर सम्बन्ध स्थापित गर्ने खालका कार्यक्रम संचालन गर्दै आएको छ ।
यसै क्रममा प्रहरीको लागू औषध सम्बन्धि जनचेतनामुलक कार्यक्रमलाई जोरायल गाउँपालिका ३ चन्कट्टे बजारका युवाहरुले पनि सहकार्य गरि सघाउने निर्णय गरेका छन । हाल समाजमा युवाहरु दिनप्रतिदिन लागू औषध सेवनको लतमा फास्ने सम्भावना बढ्दै गएका कारण हुनसक्ने सम्भाबित अपरधिक गतिविधि नबढोस र संगै यो समाजिक बिकृतिको प्रमुख कारण बन्न नपुगोस भनी समयमै सचेत र रोकथामका लागि आफुहरुले खबरदारी संगै प्रहरीको कार्यक्रम धेरै प्रभावकारी भएकाले आफुहरुले प्रहरी संग सहकार्य गर्ने निर्णय गरेको चन्कट्टे बजार ब्यबस्थापन समितका अध्यक्ष डिल्लीराज जोशिले बताउनु भयो ।
बिशेष गरि २० बर्ष मुनिका युवायुवतीहरु संगै बेरोजगार ब्यक्ति र गाउँ बाहिर विभिन्न काममा गएका मानिसहरु साथीहरूको संगत तथा लहलहै संगै चेतना अभाव जस्ता विभिन्न कारणले लागू औषध सेवनमा फस्ने सम्भावना बढी हुने, र लागू औषधको लतमा परिसकेपछी छुटकारा पाउन गार्हो हुने साथसाथै त्यस्ता ब्यक्तिहरु समाजमा विभिन्न अपरधिक घटनाहरु मा संलग्न हुनसक्ने र अहिले समयमै सचेत नभएमा भबिष्यमा समाजमा यस्ले बिकराल समस्या निम्त्याउने कुरालाई मध्यनजर गरि अहिले देखिनै त्यस्ता जोखिम बर्ग हरुलाइ बिशेष निगरानीमा राख्ने,प्रहरी संगै सहकार्य गरि जनचेतना मुलक कार्यक्रम संचालन गर्ने र कहि कतै समाजमा त्यस्ता प्रयोगकर्ता वा बिक्री बितरण भएको पाइएमा प्रहरीलाई सूचना दिने योजना रहेको चन्कट्टे बजार ब्यबस्थापन समिति सचीव शन्तोष ओलिले बताउनु भयो ।