प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन एकाई डडेल्धुरा को आयोजना तथा कृषि ज्ञान केन्द्र डोटीको सहजीकरण मा १ दिने सुन्तलाजात फलफुलको ह्रास समस्या सम्बन्धि अभिकरणमुखी जनचेतना अभिबृद्धी गोष्ठी जोरायल ३ बरममा शुक्रबार सम्पन्न भएको छ । जोरायल गा पा ३ र ४ का करिब ४० जना व्यावसायिक सुन्तला खेती गर्ने किसानहरुको सहभागीता रहेको उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियाेजना कार्यन्वयन एकाइ डडेलधुराका कार्यालय प्रमुख भीष्मराज रेग्मिको सभापतित्व तथा जोरायल गाउँपालिकाका का बा अध्यक्ष नन्दराज भट्टको प्रमुख आथित्य संगै जोरायल ३ का वडा अध्यक्ष नवीन ओझा ,कृषि ज्ञान केन्द डोटी प्रमुख गंगादत्त अवस्थि , पलान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकी प्रमुख प्रमोद ठगुन्ना संगै कृषि सेवा साखा जोरायल प्रमुख प्रदीप साउँद लगाएत बिहिन्न क्षेत्रका ब्यक्तिको आथित्यमा सम्पन्न उक्त कार्यक्रमको संचालन परियोजना कार्योन्वयन एकाइ डडेल्धुरा अन्तरगत रहेको सुन्तला जात फलफूल जोन डोटीका नायव प्राबिधिक साहयक बेदप्रकाश भट्टले गर्नुभएको थियो ।
आर्थिक बर्ष २०७८/०७९ देखि परियोजना एकाइ कार्यालयले सुन्तला जोन क्षेत्रको रुपमा डोटिका जोरायल गाउँपालिका,बड्डिकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिका का सुन्तला खेती हुने ११ वडा हरुमा कार्यक्रम संचालन गरेका, त्यसै अन्तगत कार्यालयको यस बर्षको स्वीकृत कार्यक्रम अनुसार सुन्तला जात फलफूल को बगैँचा ह्रास समस्या सम्बन्धि किसानहरुलाइ अभिमुखिकरण संगै बगैंचा सुदृढीकरण कार्यक्रम जोरायल गा पा ३ को बरम गाउँबाट सुरु भै यस गा पा भित्रका कार्यक्रम लागू भएका वडाहरुमा र अन्य गा पा मा समेत यस्तै अभियान संचालन गर्ने योजना रहेको एकाइ प्रमुख भीष्म राज रेग्मीले बताउनु भएको छ ।
बिगतका बर्ष देखि सुन्तला बगैंचा स्थापना तथा ब्यस्थापनका कार्यमा कृषि ज्ञान केन्द्र डोटीले विभिन्न किसिमले परियोजना एकाइ कार्यालय संग हालेमालो र सहजीकरण गर्दै आएको साथै अगामी दिनमा समेत यो कार्य निरन्तरता दिने र किसानका माग तथा समस्या सावाधानमा बिशेष पहलकदमी चलाउन आफुहरु तयार रहेको कृषि ज्ञान केन्द्र डोटी कार्यालय प्रमुख गंगादत्त अबस्थिले बताउनु भयो ।
यसै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जोरायल गा पा का का भा अध्यक्ष नन्दराज भट्टले कार्यक्रमको उदेश्य र औचित्य अति राम्रो भएको साथै यो कार्यक्रमले जोरायल क्षेत्रका सुन्तला किसानलाई ठूलो सहयोग पुर्याएकोले कार्यक्रम निरन्तरताको शुभकामना संगै आफुहरु पनी कार्यक्रमलाइ सक्दो सहयोग गर्न तयार रहेको साथै यश क्षेत्रका किसानको सुन्तला बारीमा विभिन्न किसिमका रोगको संक्रमण देखिएको र त्यस्को परिक्षण गर्न काठमाण्डौ सम्म पुर्यान समय लाग्ने र त्यसको रिपोर्ट आउन्जेल सम्म किसानले ठूलो क्षेती ब्यहोर्न परेकाले यो समस्या सावाधानका लागि सुदुरपश्चिम प्रदेशमै एउटा प्रयोगसाला स्थापना हुनुपर्ने कुरामा जोड दिनु भएको छ ।
कार्यक्रम पश्चात् किसानकै बारिमा गएर वारि सुदृढीकरण सम्बन्धिको प्रदशनी कार्यक्रममा किसानका विभिन्न समस्या तथा जिज्ञासा को सावाधान सहजीकरण पलान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकी प्रमुख प्रमोद ठगुन्नाले गर्नु भएको थियो । यो बगैंचा सुदृढीकरण कार्यक्रम यस गाउँपालिकाका कार्यक्रम संचालन भएको वडाका विभिन्न गाउँहरुमा ४ दिन सम्म संचालन हुने र सुन्तला संग सम्बन्धित रोग समस्याको बारेमा किसानलाई बगैंचामै पुगेर परामर्श संगै वारि सुदृढीकरणको प्रदशनी गरिने कार्यालयले जनाएको छ।