जोरायल गाउँपालिका डोटिको आयोजना र unicef नेपालको सहयोगमा समुदाय स्तरको सामाजिक अन्धविश्वास ,बालविवाह र छाउपडी अन्त्यको लागि समुदाय स्तरमा अन्तर पुस्ता सम्बाद कार्यक्रम जोरायल गाउँपालिका ४ को मन्थलामा सम्पन्न भएको छ । जोरायल गाउँपालिका काबा अध्यक्ष नन्दराज भट्ट को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा unicef नेपालका क्षेत्रीय कार्यालय नेपालगन्ज बालसंरक्षण अधिकृत रुपलाल ऐडि ,इलाका प्रहरी कार्यालय जोरायल इन्चार्ज प्रहरी नायव वरिष्ठ उपरीक्षक बलिभद्र पनेरु ,जोरायल गा पा ४ नं वडा सदस्य तथा बेताल आ वि मन्थला बिनोडा का वि ब्य स अध्यक्ष बल बहादुर ओलि, बिद्यालय मा रहेको बालकल्ब अध्यक्ष आशिष जोशी लगाएत ब्यक्तिको आथित्यमा सम्पन्न कार्यक्रममा स्थानीय संगै विद्यालयका बालक्लव सदस्य विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन युनिसेफ नेपालको जोरायल गाउँपालिका बालसंरक्षण अधिकृत डम्बर बोहराले गर्नुभएको थियो।
जोरायल गाउँपालिका र युनिसेफ नेपाल सँग को साझेदारीमा गाउँपालिका भित्र बाल संरक्षण कार्यक्रम सञ्चालन मा रहेको साथै कार्यक्रमले बालबालिकाका हक,हित र अधिकारको बारेमा बहस पैरवी गर्दै आइरहेको , गाउँपालिका भरी समुदायमा रहेको विद्यमान सामाजिक, लैंगिक हानिकारक मूल्य मान्यता र बालविवाह अन्त्यको लागि समुदाय स्तरीय सचेतना जगाउने उदेश्य अन्तर्गत अन्तरपुस्ता संवाद कार्यकम गरिएको unicef नेपालका क्षेत्रीय कार्यालय नेपालगन्ज बालसंरक्षण अधिकृत रुपलाल ऐडि ले बताउनु भयो।
कार्यक्रम मा बोल्दै इलाका प्रहरी कार्यालय जोरायलका प्रहरी प्रमुख बलिभद्र पनेरुले बालविबाह र छाउपडिलाइ कानुन सम्मत बर्जित गरिएकोले यस्ता क्रियाकलापमा कोहि कसैले कतै गरे गराइएको पाएमा यस्ता गतिविधिमा संलग्न जो सुकैलाइ कानुन सम्मत सजाय हुने भएकाले यस्ता गतिविधिमा कोहि कतै नलाग्न अनुरोध गर्नुभयो ।
पहिले पहिले धार्मिक तथा समाजिक अन्धबिश्वासका कारण बालविवाह गर्ने चलन रहेका कारण हाम्रा आमाबुबाले शारीरिक तथा मानसिक तनाव भोग्न परेको अहिले आएर स्वैच्छिक रुपमा उमेर नपुगेरै बालविवाह हुने समस्या जटिल समस्याको रुपमा आएकाले यो बिषय नियुनिकरणका लागि परिवार बिद्यालय तथा समुदायले विशेष पहल कादमी चलाउन प्रतिबद्धता गर्नुपर्ने र यदि गर्दा गर्दै बालविवाह र छाउपडी लाई कहि कतै गरेको पाइएमा स्थानीय तहले दिने सेवा सुबिधा बाट बन्चित गरिने साथै कानुनसम्मत हदै सम्मको सजायको लागि सिफारिस गरिने र सबैको साथ सहयोगमा बालविवाह र छाउपडी मुक्त गाउँपालिका घोषणामाका कार्यक्रम गापा का अन्य वडामा समेत गरिने र सबैले यो अभियानमा सहयोग गर्न अपिल कार्यक्रमका सभापति तथा गापा काबा अध्यक्ष नन्दराज भट्ट ले गर्नुभयो ।
कार्यक्रमका सहभागीहरुले अब उप्रान्त बालविवाह र छाउपडीका विरुद्ध घर बिद्यालय तथा समाजमा सबैले आ आफ्नो तवरले अन्त्यको पहल गर्ने र सबैको साथ सहयोगमा पहिलो बालविवाह र छाउपडि अन्त्य समाज घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो ।