डोटी जिल्लामा कृर्षि क्षेत्रको विकास तथा प्रवर्द्धन गर्नका लागि स्थानीय सरकारबीच बृहत छलफल कार्यक्रम को आयोजना गरिएको छ।कृर्षि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र डोटीले सिलगढीमा हिजो बैशाख ३० गते संयुक्त रूपमा छलफल कार्यक्रम आयोजना गरेका थिए । जिल्ला स्तरीय समन्वय बैठकमा कृर्षि क्षेत्रको विकास र प्रवर्द्धनका बारेमा गहन छलफल गरिएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख उप प्रमुख, जिल्लाका सरोकारवाल निकाय, पत्रकार, नागरिक समाज लगाएको सहभागिता रहेको थियो । छलफल बैठकमा डोटी जिल्लाको कृर्षि क्षेत्रको अवस्था, सम्भावना, चुनौती, रणनीतिक योजना र स्थानीय तहले गर्ने सकिने कार्यहरूको बारेमा बृहत छलफल गरिएको कृषि ज्ञान केन्द्र डोटी कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो।
आर्थिक वर्ष ०८१-०८२का लागि स्थानीय तहबाट प्रदेश सरकारका लागि कृर्षि र पशुपालनको क्षेत्रमा अवस्य महत्त्वपूर्ण सम्भावित योजनाहरू पठाउने कार्यक्रम रहे अनुसार डोटीका सबै स्थानीय तहबाट छनोट भइ आएका ३ वटा कृर्षि र ३ वटा पशुपालनका योजना माथि छलफल भएको थियो ।स्थानीय तहहरुबाट बिशेषगरि रैथाने बाली संरक्षण, तरकारी खेती, कफी खेती बिस्तार, बाख्रा पालन, बङ्गुर पालन, स्थानीय कुखुरा पालन ,दुग्ध तथा मासु उत्पादन र बजारीकरण , फलफूल मसला बाली उत्पादन र बजारीकरण , बीउ उत्पादन ,जैविक कृषि प्रबर्द्धन,कृषि एम्बुलेन्सको ब्यबस्था लगाएत योजनाहरू माग भई आएका प्रमुख अबस्थिले बताउनु भयो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले डोटी जिल्ला कृर्षि र पशुपालनको लागि सबैभन्दा राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले सम्भावना तथा आबस्यकतको अध्यन गरि आधुनिक र उत्पदनसिल कृषि तथा पशुपालनको विकास र बिस्तार गर्न सबैको ध्यान जनुपर्ने बताउनुभयो। कार्यक्रमका सहभागीहरूले डोटी जिल्लाको कृर्षि र पशुपालनको विकास र प्रवर्द्धन का लगि सबै लाग्नुपर्ने साथै उचित योजनाहरुको छनोट गरि वास्तविक किसानलाई कार्यक्रममा सहभागी गराउनुपर्ने धारण व्यक्त गरेका थिए ।