नेपाल सरकार वन तथा वातावरण मन्त्रालय,जलवायु मैत्री नमुना गाउँ कार्यक्रम अन्तरगतको माटो नमुना संकलन समबन्धी एक दिने अभिमुखिकरण कार्यक्रम डोटीको जोरायल गा पा मा सम्पन्न भएको छ । जोरायल गा पा ले संचालन गरेको नमुना गाउँ कार्यक्रम अन्तरगत संचालित शाहुघाट कल्मटा भजना जलवायु मैत्री नमुना गाउँ कृषक समुहका सदस्यहरुलाइ अभिमुखिकरण गर्न कार्यक्रमको आयोजना गरिएकोछ ।![IMG_20240515_124606-1715776579.jpg](https://www.okhalnews.com/uploads/posts/IMG_20240515_124606-1715776579.jpg?timestamp=1715776583064)
कार्यक्रममा जोरायल गाउँपालिका उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,बिषयगत साखा प्रमुख संगै नमुना गाउँ कार्यक्रम संचालन रहेको समुहका सदस्य गरि ४० जना भन्दा बढीको सहभागीता रहेको थियो ।
अभिमुखिकरण गोष्ठीमा जोरायल गाउँपालिकाका कृषि बिकास साखा नायब प्राबिधिक साहयक चन्द्र सार्की ले सहभागीहरुलाइ माटोको गुणस्तर कायमै राखी उत्पादन क्षेमता बढाउन गोबर मलको सहि तरिकाले संकलन , प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयको थियो । त्यसैगरी मलको प्रयोग गर्ने तरिका प्रमपरागत र गलत तरिका रहेकोले अब उप्रान्त यस्को सहि प्रयोग र मलमा भएको बालीलाई आवस्यक पर्ने तत्व संरक्षण गर्नुपर्ने बताउनु भयो ।![IMG_20240515_150512-1715776674.jpg](https://www.okhalnews.com/uploads/posts/IMG_20240515_150512-1715776674.jpg?timestamp=1715776680936)
गोष्ठीका सहभागीहरुलाइ माटोको महत्व, संरक्षण संगै उत्पादन क्षेमता वृद्धि र माटोको उत्पादन क्षेमता पत्ता लगाउन माटो परिक्षण गर्नुपर्ने कुरामा नायब प्राबिधिक सहायक मिलन के सि ले सुझाव दिनुभयो । गोष्ठीका सहभागीलाई माटो परिक्षणको महत्त्व , माटोको नमुना संकलन गर्ने सहि तरिका , माटो संकलनमा आबस्यक सामाग्री र परिक्षण गर्न पठाउने स्थान संगै उपयुक्त खेतीको लागि जग्गा वर्गीकरण संगै गुणस्तर कायम राख्ने तरिकाको बिषयमा जानकारी दिनुभयो ।
त्यसै गरि कृषि बिकास साखा जोरायल प्रमुख प्रदीप साउँदले हाल किसानले रासायनिक मलको प्रयोग मापदण्ड बिपरित गरि रहेकले यस्तो कार्यले माटोको गुणस्तर ह्रास आएको बताउनुभयो । किसानले आफ्नै घरमा जैविक तथा कम्पोस्ट मल बनाउन सकिने भएकाले रासायनिक मलको बढ्दै गएको प्रयोग कम गर्न सबैले घरमा जैविक तथा कम्पोस्ट मल बनाउनु पर्ने प्रमुख साउँदले बताउनु भयो ।एक दिने गोष्ठीमा सहभागीहरुले हाल सम्म माटो र मलको महत्त्व संगै उत्पादन र उत्पादकत्वको महत्त्व थाहा नभएर लगानी अनुसारको उत्पादन प्रतिफल प्राप्त गर्न नसकेकाले अब उप्रान्त गोष्ठीमा सिकेका कुराहरु व्यबहारमा लागू गर्ने प्रतिबद्धता ब्यक्त गरेकाछन ।