डोटी । डोटी बोगटान फुड्सिल गाउँपालिका वडा नं. ४ सात्फरी कोलाखानका लक्ष्मणबहादुर बम फुर्सद हुने बित्तिकै करेसाबारीमा ब्यस्त हुने गर्छन ।
कोलाखानका पुराना ब्यापारीको रुपमा चिनिएका लक्ष्मण बमले पछिल्लो समय तरकारी तथा फलफुल खेती सुरु गरेका हुन । दुई दशक देखी खुद्रा ब्यापार गर्र्दै आएका बम कृर्षि पेशामा लागेपछी बढी सन्तुष्टि प्राप्त भएको बताउँछन ।
बमले भने ‘मलाई ब्यापार भन्दा पनि कृर्षिपेशाबाट सन्तुष्टि मिलेको छ, आफ्लै लगाएको फलफुल फलेको देख्दा मनै फुरुङ्ग हुने, बिहान बारी नपुगेसम्म चित्तै बुझीदैन ।’ बमको बारीमा अहिले शत प्रतिशत अर्गानिक काउली, बन्दा, भेडे खुर्सानी, टामटर, स्थानीय जातको खुर्सानी लटरम्म फलेका छन । मौसम अनुसारको तकारी फलाउने बमले भने ‘मैले यो बारीमा सुन्तला, मौसम, कागती, अनार लगाएत घेरै प्रजातीका फलफुल लगाएको छु । आफैले गरेको कामको प्रतिफल आउँदा ठुलो सन्तुष्टि प्राप्त हुँदो रहेछ ।’
जिल्ला सदरमुकाम देखी टाँढा रहेको कोलाखानमा उत्पादन भएको तरकारी आसपासका स्थानीय बजार तथा गाउँहरुमा बिक्र्री हुने गरेको बमले बताए । मौसन अनुसारका फलफुल तथा तरकारीबारीको बेर्ना उत्पादन गरेर स्थानीय गाउँहरुमा बिक्र्री गर्ने गरेका छन । कृर्षि काममा संलग्न हुँदा आम्दानीका साथसाथै स्वास्थ्य पनि सुध्रिएको बमले सुनाए । ४५ बर्षिय बमले भने ‘ मेरो स्वास्थ्य बिग्रदैँ गएको होकी भन्ने चिन्ता मलाई लागेको थियो, पसलबाट फुर्सद हुने बित्तिकै बारीमा काम गर्दा एक प्रकारको कडा शाररिक ब्यायम हुँदा स्वास्थ्य पनि ठिक, आत्मसन्तुष्टि पनि मिल्ने, ब्यस्त हुँदा सकरात्मक सोचको पनि बिकास हुने ।’ कृर्षिबाट राम्रोसंग आम्दानी लिन सकिन्छ भन्ने बिश्वास दिलाउनका लागी कृर्षि पेशा सुरु गरेको बमले बताए ।
उनले भने ‘यहाँ धेरै युवाहरु बेकारमा हल्लीएको देख्छु, तिनिहरुलाई पनि गर्दा हुँदो रहेछ भन्ने परोस र मेरो पनि खाली समयको सदुपयोग होस भनेर यस्मा संलग्न भएको हुँ ।’ पहाडमा पाखो जमिन प्रशस्त भएपनि काम गर्नका लागी यहीँको मान्छे भारत जाने कुरा मात्र सोचेको देख्दा दुःख लाग्छ भन्दै उनले थपे ‘यहीँ मेहनत गर्ने हो भने भारत भन्दा तेब्बर पैँया यहीँछ, मैले धेरैलाई यहाँको सम्भावनाको कुरा धेरै सुनाए तर गरेनन् अब गरेको देखेपछी केही गर्छनकी भन्ने बिश्वास छ ।’ तरकारीबाट बार्षिक दुई लाससम्म आम्दानी गर्ने गरेको बमको अनुभब छ । बमले भने ‘ तरकारीबाट राम्रै आम्दानी छ, फलफुलले अर्को बर्षदेखी फल्ने अवस्थामा छन ।’