एजेन्सी । शरीरलाई आराम दिनका लागि हामी दैनिक सुत्ने गर्छौँ । तर त्यो सुताइ व्यक्तिको वातावरण, स्वास्थ्य, उमेर सबैले निर्धारण गर्छ । दिनभरको क्रियाशीलताले हाम्रो शरीरले आराम खोजिरहेको हुन्छ, त्यो क्रियालाई हामीले निद्राको माध्यमबाट पुरा गर्छौँ ।
अमेरिका र बेलायती वैज्ञानिकले गरेको अध्यननअनुसार सुताइले पनि समय निर्धारण गर्छ । केही व्यक्ति उठिउठी, काममा वा बसेरै पनि निदाउन सक्छन् । त्यस्ता व्यक्तिलाई कम सुताइले पनि सजिलो हुन्छ । केहीको खानपानले पनि व्यक्ति कति सुत्ने भन्ने कुरा निर्धारण गर्छ ।
गर्भवती महिला राती ८ घन्टा दिनमा दुई घन्टा गरेर झण्डै १० घन्टा सुत्न आवश्यक हुन्छ । गर्भवती महिलाले एकैसाथ भन्दा पनि बेलाबेलामा आराम लिने गर्नुपर्छ । उत्तिकै मात्रामा गर्भवती महिलाले आराम पनि लिनुपर्छ ।
हेर्नुस् उमेरअनुसार दैनिक कति सुत्ने ?
०-३ महिनासम्मको नवजात शिशु: १४ देखि १७ घण्टा
४-११ महिनाको बालबालिका : १२ देखि १५ घण्टा
१-२ वर्षका बालबालिका: ११ देखि १४ घण्टा
३-५ वर्षका बालबालिका: १० देखि १३ घण्टा
६-१३ वर्षका बालबालिका: ९ देखि ११ घण्टा
१४-१७ वर्षका किशोर–किशोरी: ८ देखि १० घण्टा
१८-२५ वर्षका युवा-युवती: ८ देखि ९ घन्टा
२६-६४ वर्षका व्यक्ति: ७ देखि ९ घन्टा
६५ वर्ष वा त्योमाथिका वृद्धवृदा : ७ देखि ८ घन्टा