डोटी । सुदूरपश्चिम प्रदेशमा कम्तिमापनि २ लाख ८४ हजार ७६२ जना बालबालिकालाइ दादुरा रुवेला बिरुद्धको खोप लगाइने भएको छ ।
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आगामी चैत्र १ गते देखि ३० गते सम्म सञ्चालन हुने उक्त अभियानमा ५ हजार २०० खोप केन्द्र र ९ हजार ३०० स्वयम सेवक समेत परिचालन गरिने भएको छ । कम्तिमापनि ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाइ उक्त दादुरा रुवेला बिरुद्धको खोप लगाउन लागिएको हो ।
यसै सिलसिलामा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा मात्रै कम्तिमापनि २४ हजार ५५० बालबालिकालाइ दादुरा रुवेला बिरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जिल्लामा कम्तिमापनि २४ हजार ५५० उक्त बालबालिकालाइ उक्त खोप लगाइने जानकारी दिनुभयो । उहाँका अनुसार आगामी चैत्र १ गते देखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका, वडीकेदार गाउँपालिका र केआइसिह गाउँपालिका सञ्चालन गरिने छ । त्यस्तै चैत्र १६ गते देखि दोस्रो चरण अन्तरगत जिल्लाको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पुर्वीचौकि गाउँपालिका, आदर्श गाउँपालिका र सा
यल गाउँपालिकामा उक्त खोप लगाइने कार्यक्रम तय भएको जिल्ला स्वास्थ्य प्रमुख मलासिले बताउनुभयो । उहाँले भन्नुभयो, “ बालबालिकालाइ दादुरा रुवेला बिरुद्धको खोप दुइ चरणमा लगाउने योजना बनाएका छौँ, हाम्रो अभियानमा सबै स्थानीय तहले साथ र सहयोग गर्न जरुरी छ ।” उक्त अभियान सफल पार्नका लागि जिल्ला भरीमा कुल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयम सेवक परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । खोप लगाएर अहिले सम्म नेपालमा कुनैपनि बालबालिकाको पनि मृत्यु नभएको र ढुक्कका साथ आफ्ना बालबालिकालाइ दादुरा रुवेला बिरुद्धको खोप नछुटाई लगाउनु पर्ने जिल्ला अस्पताल डोटीका डा. ज्योती पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “खोप लगाउदा बालबालिका स्वस्थ हुने भएकाले कुनै संका नगरी सबैले आफना नानी बाबुलाइ खोप लगाउन जरुरी छ ।” यहाँका ग्रामिण क्षेत्रमा दादुरा रुवेला बिरुद्धको खोप लगाउदा बालबालिकाको मृत्यू हुने भन्ने गलत हल्ला फैलिने गरेका कारण त्यस्ता गलत हल्ला फैलाउनेका बिरुद्ध प्रहरी प्रशासनले कडा रुपमा उत्रिनु जरुरी भएको समेत डा.पाण्डेले बताउनुभयो ।
डोटीमा ८ प्रतिशत बालबालिका पूर्ण खोपबाट ड्रप आउट रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । दादुरा रुवेला बिरुद्धको खोप लगाउनका लागि जिल्लामा तयारी तिब्रपारिएको जिल्ला स्वास्थय कार्यालय डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “दादुरा रुवेला बिरुद्धको खोप लगाउन कुनैपनि बालबालिका नछुटुन भन्ने उदेश्यले यहाँका स्थानीयतह संगको सहकार्यमा खोप अभियान चलाउने भएका छौँ, जसका लागि आवस्यक तयारी गर्दै छौँ ।” दादुरा रुवेला बिरुद्धको खोप सबै नानी बाबुहरुलाइ अनिवार्य लगाउनका लागि जिल्ला अस्पतालले यहाँका स्थानीयबासी लाइ पत्राचार समेत गर्न थालेको छ । नानीबाबु भएका घरपरिवारमा व्यक्तिगत रुपमा समेत चिठि पठाउन थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।