एजेन्सी । कोरोना भाइरस (कोभिड १९) कारण अहिले विश्वभर एक लाख ८ हजार ५५६ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्याङ्कअनुसार १७ लाख ७९ हजार ९९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
२. इटली
इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ हजार ४६८ पुगेको छ । जहाँ १ लाख ५२ हजार २७१ कुल सङ्क्रमित छ । उपचारपछि निको हुनेको संख्या ३२ हजार ५३४ छ ।
३. स्पेन
स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ६०६ छ । स्पेनमा एक लाख ६३ हजार २७ जनामा संक्रमित भएको छ । उपचार पछि निको हुनेको संख्या ५९ हजार १०९ छ ।
४. फ्रान्स
फ्रान्समा १३ हजार ८३२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित हुनेको संख्या एक लाख २९ हजार ६५४ छ । कोरोना संक्रमण भएपछि उपचारपछि निको हुनेको संख्या २६ हजार ३९१ छ ।
५. बेलायत
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ छ । यहाँ अहिलेसम्म ७८ हजार ९९१ जनामा संक्रमण भएको थियो । उपचारपछि निको हुनेको संख्या ९ हजार ८७५ जना छन् ।
६. इरान
इरानमा ४ हजार ३५७ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ७० हजार २९ कुल सङ्क्रमित भएका छन् । जहाँ ४१ हजार ९४७ उपचारपछि निको भएका छन ।
७. बेल्जियम
बेल्जियममा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३४६ छ । जहाँ २८ हजार १८ कुल सङ्क्रमित भएका छन् । ५ हजार ९८६ जना उपचारपछि निको भएका छन् ।
८. चीन
चीनबाटै सुरु भएको कोरोना भाइरसबाट ३ हजार ३३९ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ८१ हजार ९५३ कुल सङ्क्रमितमा ७७ हजार ५२५ निको भएका छन् ।
९. जर्मनी
जर्मनीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७३६ जना छ । जहाँ एक लाख २४ हजार ९०८ जनमा संक्रमण भेटिएको छ । ५७ हजार ४०० उपचारपछि निको भएका छन् ।
१०. नेदरल्याण्ड
नेदरल्याण्मा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६४३ छ । अहिलेसम्म २४ हजार ४१३ जना संक्रमित भएका छन् । उपचारपछि निको हुनेको संख्या २५० मात्र रहेको छ ।
अमेरिका, फ्रान्स, इटाली र स्पेनमा कोरोना भाइरसले भयावह स्थिति लिएको छ । यसैगरी ब्राजिल, टर्की, स्विटजरल्याण्ड, स्विडेन, क्यानडा लगायतका देशमा कोरोना बढ्दै गएको छ ।