२०८१ बैशाख ४ देखि ६ सम्म चलेको १४ औं केन्द्रस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा सुदुरपस्चिम प्रदेशले पहिलोपटक प्रथम स्थान हासिल गरेको छ । स्थानीयतह, जिल्ला , प्रदेशतहको छनौट पार गर्दै मा वि तहका छात्र छात्राको केन्द्र स्तरीय प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलोपटक सबैभन्दा बढी पदकका साथ प्रथम स्थान प्राप्त गरेको हो । छात्र छात्रा का कुल ६ बिधा (भलिबल , कवर्डी, एथलेटिक्स , कराँते , टेक्वान्डो र उसो ) मा भएको खेलमा कुल ६६ स्वर्ण , ६६ रजत र ९८ कास्य गरि जम्मा २३० पदकको लागि प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले १९ स्वर्ण ,१२ रजत,१८ कास्य सहित जम्मा ४९ पदक प्राप्त गरेकोछ ।
१४ औं केन्द्र स्तरीय रास्ट्रपति रनिङ सिल्डको सुदुरपश्चिम प्रदेश टोलि नेता तथा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य चित्र राज भट्टका अनुसार सुदुरपश्चिम प्रदेशले १९ स्वर्ण अन्तरगत कबर्डी छात्रछात्रामा २,एथलेटिक्समा ७ उसुमा ५ ,कराँतेमा ३ र टेक्वान्डोमा २ गरि जम्मा १९ स्वर्ण प्राप्त गरेको बताउनुभयो । १४ औँ पटक सम्मको सहभागितामा पहिलो पटक एतिहासिक बिजय प्राप्त गरेकोमा उहाँले खुशी व्यक्त गर्दै सहभागी खेलाडी , प्रशिक्षक, ब्यबस्थापक, खेलकुद परिषदका पदाधिकारी संगै सम्पुर्ण मा धन्यवाद व्यक्त गर्नुभएको छ ।
राष्ट्रीय खेलकुद परिषदले आयोजना गरेको १४ औँ केन्द्र स्तरीय रास्ट्रपति रनिङ सिल्डको समुद्घाटन सम्मानित रास्ट्रपति रामचन्द्र पौडेल ज्युले गर्नुभएको थियो । ३ दिन सम्म चलेको उक्त प्रतियोगिताका धेरै जस्तो खेलहरु दशरथ रंगशाला काठमाडौमा खेलाइएका थिय । सातओटै प्रदेशबाट जम्मा ६८६ जना खेलाडीको सहभागीता रहेको उक्त प्रतियोगितामा सुदुरपश्चिम प्रदेशबाट ९८ जना खेलाडी संगै प्रशिक्षक, ब्यबस्तापक, टोलि नेता र उप नेता गरि१७ जना गरि जमा ११५ जनाको सहभागीता रहेको थियो ।
उक्त प्रतियोगितामा बाग्मती प्रदेशले १७ स्वर्ण , १३ रजत, १५ कास्य गरि जम्मा ४५ पदक साथ दोस्रो स्थान प्राप्त गरेको छ ।त्यसैगरी कर्णाली प्रदेशले १० स्वर्ण, ५ रजत र १६ कास्यका साथ ३१ पदकमा जित हासिल गर्दै तेस्रो स्थान , कोसी प्रदेश ८ स्वर्ण ,९ रजत,९ कास्य गरि २६ पदकका साथ चौथो ,लुम्बिनी प्रदेश ६ स्वर्ण , ११ रजत,१८ कास्य गरि ३५ पदकका साथ पाँचौ ,गण्डकी प्रदेश ३ स्वर्ण, १० रजत, १३ कास्य गरि २६ पदकका साथ छैटौं र मदेश प्रदेशले ३ स्वर्ण , ६ रजत र ९ कास्यका साथ १८ पदकमा अन्तिम सातौं स्थान प्राप्त गरेका छन ।