धनगढी । कैलालीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ ।
कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ की ५२ वर्षीया महिलामा कोरोनाको संक्रमण देखिएको हो ।
लम्की चुहा अस्पतालका प्रमुख डा.प्रकाश तिम्सिनाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठईएको ती महिलाको थ्रोट स्वावको नमूना पोजिटिभ पाईएको हो ।
प्रहरीले बिरगञ्जबाट आएकी ती महिलालाई लम्की चुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखेको थियो ।
कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले ती महिला बिरगञ्जबाट आएको आएको पुष्टि गरे ।
प्रहरी उपरीक्षक गिरीका अनुसार कैलालीकी ती महिलाको बिरगञ्जमा चिया पसल थियो ।
उनी बिरगञ्जबाटै संक्रमित भएर आएको आशंका गरिएको छ ।
¥यापिड टेष्टमा नेगेटिभ पाइएको उनको नमूना काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा पोजिटिभ पाईएको हो ।
सरकारले बिभिन्न जिल्लामा व्यवसाय तथा काम गर्दै आएका व्यक्तिहरुलाई लकडाउनका क्रममा आआफ्नो घर पठाउने क्रममा चैत १७ गते बिरगञ्जमा रहेका सुदूरपश्चिमका ३५ जनालाई बसमा राखेर पठाएको थियो । चैत १८ गते कैलाली पुगेका उनीहरु बिभिन्न ठाउँमा झरेका थिए । जसमध्ये १७ जना लम्की झरेका थिए । सोही दिन १७ जनालाई लम्की चुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको थियो ।
बिरगञ्जबाट बसमा आएका ३५ जना सुदूरपश्चिमका बिभिन्न ६ ठाउँमा क्वारेन्टाईनमा छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख गिरीले बिरगञ्जबाट आएका सबै जना क्वारेन्टाईनमा रहेको बताए ।
लम्की चुहामा रहेकी ती महिलालाई ल्याउन धनगढीबाट एम्बुलेन्स पठाईसकेको छ । करीव दुई घण्टामा ती महिलालाई एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पतालमा ल्याई पु¥याईने छ ।
यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवकमा कोरोनाको संक्रमण पाईएको थियो ।
त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका एक जना व्यक्ति पनि कोरोना भाइरसबाट संक्रमित छन् ।
हाल सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा कैलालीको लम्की रकञ्चनपुरका एक एकजना र धनगढीका दुई जना गरी चार जना संक्रमितको उपचार भईरहेको छ ।
लम्कीकी ती महिला सहित सुदूर पश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ ।
देशभरी १२ जना संक्रमित रहेका छन् । जसमध्ये तीन जना भारतीय नागरिक रहेका छन् ।
कैलालीको लम्कीकी महिला भारत तथा विदेशमा नगएकोले अन्य व्यक्तिबाट संक्रमित भएको बताईएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिबाट संक्रमण भएको यो कैलालीको दोस्रो घट्ना हो ।
ती महिला बिरगञ्जमा चिया पसल सञ्चालन गर्दै आएकी थिईन । ती महिला बिरगञ्जबाटै संक्रमित भएर आएको आशंका गरिएको छ ।
बिरगञ्जबाट ती महिलामा संक्रमण रहेको पाईएपछि प्रहरीले बिरगञ्जबाट आएका अन्य ३४ जनालाई नै सम्पर्क गरेको छ । प्रहरी ¥यापिड टेष्टमा नेगेटिभ रिपोर्ट आएका उनीहरु सबैको थ्रोट स्वावको नमूनाको रिपोर्टको पर्खाईमा छ ।
चिकित्सकहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण पाईन थालेपछि समुदायस्तरमा संक्रमण फैलिने जोखिम उच्च रहेको बताउछन् ।