एजेन्सी । कोरोना हरेक उमेर समुहका मानिसका लागि खतरनाक हुन्छ । वैज्ञानिक तथा चिकित्सकहरुका अनुसार कोरोना संक्रमणको मुख्य कारण भनेको मानिसमा हुने रोग प्रतिरोधी क्षमतामा कमी आउनु हो । ब्रिटेनकी डाक्टर सारा जर्भिस भन्छिन, ‘रोगप्रतिरोधी क्षमता कम्जोर बनेका बेला मानिसमा कोरोना भाईरसको संक्रमण हुन्छ । त्यसबेला भाईरस नाक र मुखको माध्यमबाट फोक्सोमा पुगेर आफ्नो परिवार बनाउन सुरु गरिहाल्छ ।’
भाईरस मानव शरिरको जति भित्र पस्यो, यसले पुर्याउने हानी उतिकै बढी हुन्छ । तर भाईरस नाक र मुखबाट शरिरमा प्रवेश गर्ने क्रममा घाँटीमै अड्कीयो भने केही दिनमै ठिक हुन पनि सक्छ । त्यस्ता ब्यक्तिमा केही दिन सुक्खा खोकी र ज्वरो आउन सक्छ । यस्तो अवस्थामा सामान्य उपचारबाट निको हुन पनि सक्छ । तर भाईरस जब स्वास नलीबाट भित्र पस्छ, त्यसपश्चात जटिल अवस्थाको सिर्जना हुन्छ । फोक्सोमा पुगिसकेको भाईरसले आफ्नो संख्या बढाउन थालेपछि छाती दुख्ने, सास फेर्न र कफ आउन गाह्रो हुन्छ किनकी भाईरसका कारण फोक्सो लगायत सास फेर्न सहयोग गर्ने सबै अंगहरु सुन्निन थाल्छन ।
डाक्टर जेफरी टाबेनबर्गर, संक्रामक रोग विशेषज्ञ, अमेरिका
अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर जेफरी टाबेनबर्गरले कोरोना संक्रमित विरामीको मृत्युका थुप्रै कारणहरु मध्ये मल्टी अर्गान फेलिएर अर्थात धेरै अंगहरु काम नलाग्ने हुनु पनि एक रहेको बताएका छन । उनका अनुसार फोक्सोले मानव शरिरमा अक्सिजन आपुर्ति गर्ने, शरिरका अंगहरुमा रगत पुर्याउने र त्यहाँ रहेको कार्बनडाई अक्साईडलाई बाहिर निकल्ने काम गर्छ । कोरोना भाईरसले फोक्सोमा आक्रमण गरेपछि यी सबै काम अवरुद्ध हुन्छन ।
यसले शरिरका अंगहरुमा अक्सिजन र रगत पुग्न सक्दैन र कार्बनडाई अक्साईडको निकास पनि रोकिन्छ । यहि कारणले शरिरका थुप्रै अंगहरुले एकै साथ काम गर्न छाड्छन अनि मानिसको मृत्यु हुन्छ । यो सामाग्री भारतीय अनलाईन संस्करण अमर उजालाबाट साभार गरिएको हो ।