डोटीे । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नंं . ७ की १५ बर्षिया पार्वती बिष्ट (नाम परिवर्तन) स्थानीय बिद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा भागेर विवाह गर्न पुगीन । फेसबुकवाट चिनजान भएको केटा सँग माया प्रेम बढ्दै गएपछि सम्बन्ध बिवाहमा परिणत भयो । डोटीको बडिकेदार गाउँपालिका वडा नं. ४ मान्नाकापडी गाउँका १७ बर्षिया दिपक (नाम परिवर्तन)ले छिमेकी गाउँकी १४ बर्षिया शर्मिला सँग मोवाईलको कुराकानीवाट शुरु हुदै फेसबुक सम्म पुगेपछि बिहे गरे । उनिहरु दुवैको बिहेलाई परिवारले स्विकार गर्न सकेको छैन ।
माथि उल्लेखित घटना त केही उदाहरण मात्रै हुन । प्रबिधीको बिकास सँगै बालवालिकाहरुको मोवाईल र सामाजिक सञ्जालमा सहज पहुँच भएको छ । सामजिक सञ्जाल र मोवाईल फोनमा बालवािलको सहज पहुँचले बालविवाह अन्त्य गर्नमा थप चुनौती थपिएको छ ।
बडिकेदार गाउँपालिकाकी एक सामाजिक कार्यकर्ता मुना मटेलीका अनुसार गत बर्षको मंसिर देखि असार सम्म १८ जनाको बालविवाह भएको छ । सामाजिक कार्यकर्ता मटेली भन्नुहुन्छ –“सामाजिक सञ्जालवाट सम्पर्क भएर बिहे गर्ने धेरै छन् , पहिला –पहिला त मैले त्यती ख्याल गरेकी थिईन तर मंसिर यता १८ जनाको बावविवाह भएको मेरै आखाले देखेकी छु । ”
कानुनी रुपमा नै विवाह गर्न योग्य उमेर बिसलाई मानेको छ । कम उमेरमा विवाह गर्ने सामाजिक चलनको अन्त्य नभईसकेको समयमा पछिल्ला अवधीमा सामाजिक सञ्चाल र मोवाईल फोन माथी बालवालिकाको सहज पहुँच भएका कारण कम उमेरमा नै विवाह गर्ने प्रचलन बढ्दै गएको छ ।
अभिभावकहरुले छोराछोरीको विवाहको बारेमा नसोच्दै बालबालिकाहरुले सानै उमेरमा बिहे गर्ने गरेको धेरैको अनुभव छ । डोटीको जिल्ला सदरमुकाम सिलगढी सँगै जोडिएको कलेना गाँउका स्थानीय जोगी साँउद भन्नु भयो – “छोराछोरीको विवाहको बारेमा हामिले सोच्नु भन्दा अगाढी नै विवाह गरि सक्छन् । उमेर पुगेपछि विवाह गर्नुपर्छ भन्ने कुरा त हामि बुढापाका भन्दा पनि केटाकेटीलाई पो सिकाउनु पर्ने हुन्छ । ”
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ८ लडागडा गाउँमा एक गैरसकारी संस्थाले गरेको अध्यायन अनुसार बिगत तिन बर्षको अवधीमा एक सय ६३ जनाले वालविवाह गरेका छन् ।
अध्यायन अनुसार २०७३ सालमा ३८ जना २०७५ सालमा ५६ जना र २०७५ मा ६९ जनाको बालविवाह भएको छ । बालविवाह हुनेहरु मध्ये एक सय ३३ जना वालिका रहेका छन् । अध्यायनमा उल्लेख भए अनुसार सामाजिक सञ्जाल र मोवाईल फोन माथीको सहज पहुँचका कारण बालविवाह बढेको बताईएको छ ।
बालविवाह एक जटिल समस्या रहेको कुरा स्विकार गर्नु हुदै दिपायल सिलगढी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रामबहादुर खडकाले आगमी आर्थिक बर्षभित्र बालविवाह बिरुद्ध ठोस योजना ल्याएर अगाढी बढ्ने कुरा बताउनुभयो ।
बालविवाहले स्वास्थ्य र सामाजिक समस्याका साथै कानुनी जटिलता समेत उत्पन्न गरेको छ । कानुनले बालविवाहलाई गैरकानुनी भनेसँगै बिवाह दर्तामा समस्या उत्पन्न हुनुकासाथै जन्मिने बच्चाको जन्म दर्तामा समेत समस्या उत्पन्न हुने गरेको छ ।