काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप दुई सय १ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ ।
यसअघि हिजो हिजोसम्ममा २ हजार ९९ जनामा संक्रमण भएको थियो ।
कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षण धनकुटाको सहिदभूमिका १ जना, सप्तरीको त्रिभुजका १ जना, ताप्लेजुङका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ।
त्यस्तै झापाका १ जना, पाँचथरका १ जना, सुनसरीको भोक्राहाका ७ जना, पर्सा ७ जना र सुर्खेतमा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका छन्।
त्यस्तै झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, तेह्रथुम आठराईका १ जना, सुनसरीको बराहक्षेत्रको क्वारेन्टाइनमा रहेका १ जना, कैलालीको गौरीगंगा र धनगढीका रहेका ५ जना छन्।
डोटीका पनि दुईजना पुरुषहरु संक्रमित रहेका छन्। उनीहरु २२ र २५ वर्षीय रहेका छन्। रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जना संक्रमित भेटिएका छन्। कपिलवस्तुको मायादेवी र शुद्धोदनका ६७ जना रहेका छन्।
पाल्पाका २ जना, रुपन्देहीको रोहिणी र मर्चवारका २६ जनामा पनि संक्रमण भेटिएको छ। जनकपुरमा गरिएको परीक्षणमा ९ जनाको पाजेटिभ आएको छ। उनीहरु महोत्तरी मटियानीका रहेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। जसमा दैलेखको दुल्लु र नारायण नगरपालिकाका ६ रहेका छन्।
त्यसैगरी कालिकोटका महाबैका ७ जना रहेका छन्। राप्तीमा प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जना, प्युठानका १ जना, सल्यानका १ जनामा संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४२ जनमा संक्रमण देखिएको छ। धनुषाका १ जना, कपिलवस्तुका २, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जना रहेका छन्। त्यसैगरी नवलपरासीको पहलीनन्दन र बर्दघाटका ८ जना रहेका छन्।
रौतहटका ११ जनामा पनि पुष्टि भएको छ। रुपन्देहीको मायादेवीका १ जनामा पनि संक्रमण देखिएको छ। सर्लाहीको रामविलाश प्रावि र जनता मावि हर्कटवका १५ जनामा संक्रमित भएका छन्। त्यसैगरी सिन्धुपाल्चोकको इन्द्रावतीका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए ।