काठमाडाैँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वटा वाणिज्य बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार असोज मसान्तसम्म वाणिज्य बैंकले १४ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
गत वर्षको यसै अवधिमा यी बैंकहरुले १५ अर्ब ५५ करोड ५४ लाख कमाएका थिए ।
पहिलो त्रैमाससम्ममा अधिकांश बैंकको नाफा घट्दा समग्र नाफामा ५.१२ प्रतिशतले कमी आएको छ ।
चालू आवको पहिलो त्रैमाससम्म २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन् ।
पहिलो त्रैमासको वित्तीय विवरणअनुसार ग्लोबल आइएमई बैंकले १ अर्ब ५ करोड ८८ लाख नाफा गरेकाे छ । गत वर्षको यसै अवधिमा बैंकको नाफा ७५ करोड ३१ लाख थियो । असोज मसान्तसम्ममा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ ।
नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख, एनआइसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७३ लाख, प्रभु बैंकले ८५ करोड करोड नाफा कमाएका छन् ।
यस्तै मेगा बैंकले ६० करोड ७९ लाख, बंगलादेश बैंकले ५७ करोड ११ लाख, एनएमबि बैंकले ७३ करोड २९ लाख, सिटिजन्स बैंकले ५१ करोड ५५ लाख र कुमारी बैंकले ६० करोड २५ लाख नाफा बढाएका छन् ।
नविल र एनआइसी एसिया बैंक अंक तालिकामा क्रमशः दोस्रो र तेस्रो स्थानमा यथावत छन् । एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, एसबिआई, हिमालयन बैंकको नाफा भने उच्च दरले घटेको छ ।
एसबिआईको सबैभन्दा धेरै ५४ प्रतिशतले नाफा घटेको छ । एभरेष्टको ५१, हिमालयनको ४७ र स्टाण्डर्ड चार्टर्डको ३७ प्रतिशतले नाफा घटेको छ । नाफाका आधारमा अन्तिम स्थानमा सिभिल बैंक रहेको छ जसकाे ३९ प्रतिशतले नाफा घटेको छ ।
तर, अन्य केही संस्थालाई आफूमा गाभेका कारण एनएमबि बैंकको नाफा वृद्धिदर उच्च देखिएको छ । समयहव समचार बाट