जोरायल गाउपालिकाका विभिन्न वडा हरुमा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम भब्यताका साथ सप्पन्न भएको छ।
आइतबार जोरायल गाउपालिका का वडा न-१ ,२,३, र ६ नम्बर वडाका विभिन्न स्थान हरुमा विभिन्न कार्यक्रम हरु गरेर सम्पन्न भएको हो।
जोरायल गाउपालिका वडा न-३ को कार्यालयमा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष जमुना बोहरा प्रमुख अतिथि रहेको कार्यक्रमको विशिष्ट अतिथी वडा अध्यक्ष नवीन ओझा रहनुभएको थियो ।
प्रमुख अतिथि जमुना बोहरा ले कार्यक्रममा बोल्दै २१ औं शताब्दीको यो युगमा समेत जोरायलका महिलाहरु विभिन्न किसिमबाट पिडित भएको हुदा सम्पूर्ण सरोकारवालाले यो अभियान सफल पार्न आआफ्नो स्थानबाट एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो,
जोरायल गाउपालिकाको न्यायिक समिती संयोजक समेत रहनुभएकि उपाध्यक्ष बोहराले न्यायिक समितिमा अहिलेसम्म सबैभन्दा धेरै महिला हिंसा सम्बन्धी मुद्दा हरु आउने गरेको र धेरै मुद्दाहरु मेलमिलाप गराइ पठाएको कुरा बताउनुभएको थियो ।
उक्त कार्यक्रममा उपस्थित १२ वटा आमा समुहले डेउडा गित मार्फत लैङ्गकि हिंसा विरुद्धका सन्देश मुलक गितहरुबाट प्रतियोगितामा भाग लिएका थिए । उचित पुरस्कार सहित सो कार्यक्रममा घैटो फुटाउने प्रतियोगिता समेत राखिएको थियो ।
यसैगरी जोरायल गाउपालिका का अन्य वडा हरुमा पनि महिला हिंसा सम्बन्धि विभिन्न प्ले कार्ड ,ब्यानर ,प्रतियोगिता तथा सुचना मुलक संदेशहरु मार्फत महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ, वडा न-२ को बुडरमा देउडा गित प्रतियोगिता राखेर सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष वीर बहादुर दर्लामी रहनुभएको थियो भने जगत बहादुर मल्ल प्रमुख अतिथि रहेको वडा न -१ को गैरा बजारमा पनि लैङ्गकि हिंसा अन्त्य गर्न संदेश मुलक नारा लेखिएका प्ले कार्ड सहित बजार परिक्रमा गरेर कोणसभा गर्दै कार्यक्रम सम्पन्न भएको थियो ,
जोरायल गाउपालिकाको वडा नम्बर ४ र ६ मा भने २२ गते नै कार्यक्रम सम्पन्न भएका थिए , वडा अध्यक्ष क्रमशः नन्दराज भट्ट र गणेश बोहराको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा पनि लैङ्गकि हिंसा न्यूनीकरण सम्बन्धि विभिन्न कार्यक्रम भएका थिए।
बालबिवाह ,बहुविवाह ,घरेलु हिंसा , जस्ता गम्भीर प्रकृतिका हिंसाहरु बढ्दै भएको प्रती उपस्थित अतिथि हरुले चिन्ता ब्यक्त गर्नुभएको थियो ।