डोटीको जोरायलमा प्रसिद्ध बास्मती धानको रोपाइँ सुरु भएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोरायल उपत्यकाको मुख्य चिनारी र राम्रो उत्पादन हुने बास्मती धानको रोपाइमा आजभोलि किसान ब्यस्त छन् ।जोरायल गाउँपालिकाका ३ र ४ नम्बर वडाका विभिन्न फाँटहरुमा धान रोपाइँ हुदैछ ।गाउँपालिकाका सिमल, कोला, रावतकट्टे, सिमलिखेत लगाएत क्षेत्रमा भने जेठको दोस्रो सातादेखि धान रोप्न सुरु भएको हो ।![1718039317673-1718041246.jpg](https://www.okhalnews.com/uploads/posts/1718039317673-1718041246.jpg?timestamp=1718041248035)
बास्मती धानको मुख्य उत्पादन हुने धनराश, सिलङ्गिबाग, सुँगाल, चन्कट्टे क्षेत्रका फाँटमा जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ । यस बर्ष समयमा पानी नपर्दा अन्य बर्षको जस्तो रोपाइको रौनक नभएको किसान बताउँछन् ।समयमा चाहिने जति बर्षात नहुँदा किसानलाई रोपाइ गर्न गाह्रो भएको साथै हुनुपर्ने जति रोपाइ अहिले सम्म हुन नसकेको स्थानीय किसानले बताएका छन । विभिन्न नदि खोलाको पानी खेतमा लगेर रोपाइ गर्ने जोरायलका किसान अहिले खोलामा पानी नहुँदा रोपाइ गर्न सकेका छैनन् ।माथिल्लो क्षेत्रका किसानले रोपाइ गर्दा नदिको तल्लो क्षेत्रमा पानी सुकेका कारण रोपाइ गर्न ढिलाइ भएको र बर्षातको पर्खाइमा रहेको किसान तिलक मडैले बताउनुभयो ।![IMG_20240610_180159-1718041344.jpg](https://www.okhalnews.com/uploads/posts/IMG_20240610_180159-1718041344.jpg?timestamp=1718041350641)
पछिल्लो समय जोराइले बास्मती धानको चामलले बजारमा राम्रो मूल्य र प्रसिद्धि पाएपछि किसानमा बास्मती रोपाइ र उत्पादनमा जागरण आएको छ । निकै सङ्घर्ष गरेर उत्पादन हुने बास्मती चामलको बजार प्रशस्त भएपछि अहिले बास्मती धान उत्पादन क्षेत्र विस्तार भएको छ । जोरायल क्षेत्रका विभिन्न बास्मती उत्पादन हुने क्षेत्रमा बास्मती धान उत्पादन पकेट क्षेत्रको रुपमा विकास र बिस्तार गर्ने स्थानीय सरकार र विभिन्न कृषि क्षेत्रमा कामगर्ने संघसंस्था लागिपरेका जोरायल गाउँपालिका कृषि बिकास शाखा प्रमुख प्रदीप साउँदले बताउनुभयो ।
![1718038948624-1718041399.jpg](https://www.okhalnews.com/uploads/posts/1718038948624-1718041399.jpg?timestamp=1718041400553)
जोरायलका स्थानीय किसान पार्वती मडै ठगुन्नाका अनुसार “जोरायलको पहिचानसँगै किसानको आर्थिक स्तर उकास्ने र खाद्य सङ्कटलाई समाधान गर्न पनि जोरायलमा व्यावसायिक र आधुनिक तरिकाले बास्मती रोप्न आवश्यक छ । खेती गर्ने युवा जनशक्ति रोजगारी को सिलसिलामा बाहिर जाने र घरमा भएका ब्यक्तिले काम गर्न नसक्ने साथै लगाएको धानबालीमा बदेल लगाएतका बन्यजन्तुले समेत नोक्सानी गरिदिने भएका कारण धेरै बास्मती धान फल्ने खेत बाँझो रहन गएको हुँदा यो समस्या सावाधानमा सबैले समयमै ध्यान पुर्याउनु पर्ने उहाँले बताउनुभयो ।![1718039334174-1718041617.jpg](https://www.okhalnews.com/uploads/posts/1718039334174-1718041617.jpg?timestamp=1718041618027)
डोटीको जोरायल गाउँपालिकामा मात्रै बास्मती धानको उत्पादन हुने भएकोले यस्को विकास तथा बिस्तार गरेर जोरायललाइ नेपालभर चिनाउने उदेश्यका साथ बास्मती उत्पादन तथा बजारीकरणका विभिन्न कार्यक्रम गर्दै आएको र अझै यस्को उत्पादकत्व वृद्धि र संरक्षणका लागि पालिकाले आवश्यक नीति तथा बजेट ल्याउने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।