डोटी : जोरायल गाउँपालिकामा पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुक्रबारदेखि सुरु भएको छ।
वडा न -४ स्थित श्री घन्टेश्वर माध्यमिक विद्यालय कुडिकोटमा भएको उदघाटन समारोहमा यसै विद्यालयका ब्यबस्थापन समिती अध्यक्ष देब सिं शाहुको अध्यक्षतामा जोरायल गाउपालिका अध्यक्ष दुर्गादत्त ओझाको प्रमुख आतिथ्यता तथा पालिका उपाध्यक्ष जमुना कुमारी बोहरा र प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट विशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ओझाले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । पछिल्लो समयमा खेलकुद प्रति आकर्षण बढ्दो रहेको भन्दै अझै ब्यबस्थित गर्नुपर्नेमा जोड दिनुभयो । खेलकुदको बिकास गर्नका लागि पालिकाले प्राथमिकता दिएको बताउदै खेलकुदका साथै युवाहरुलाई स्वदेशमा नै टिकाइ राख्नका लागि पालिकाले विभिन्न योजना बनाएको उहाँले बताउनुभयो ।
विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहरा ले शुभकामना मन्तव्य राख्दै पालिकाले शिक्षा तथा खेलकुद क्षेत्रमा २ करोड भन्दा धेरै लगानी गरेको, साथै धेरै बालबिकासका कार्यक्रम संचालन गरेको भन्दै जोरायल क्षेत्रलाइ चिनाउन सबै एकजुट हुनुपर्ने कुरामा जोड दिनुभएको थियो।
कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खत्री वडा अध्यक्षहरू , २ नम्बर वडा अध्यक्ष वीर बहादुर दर्लामी ,४ नम्बर वडा अध्यक्ष नन्दराज भट्ट र ६ नम्बर वडा अध्यक्ष गणेश बोहराले शुभकामना मन्तव्य राख्नुभएको थियो भने ५ नम्बर वडा अध्यक्ष ध्वज बहादुर देउवा , ३ नम्बर वडा अध्यक्ष नवीन ओझा तथा कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी लगायतको बाक्लो उपस्थिति भएको थियो।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, कराँते, लगायतका खेल समावेश गरिएको छ।
पुष २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ११ विद्यालयका विद्यालयका करिब ५०० विद्यार्थीले प्रतिस्पर्धा गर्ने गाउँपालिकाका शिक्षा शाखा अधिकृत तेज बहादुर खत्रीले जानकारी दिनुभयो।
ब्यबस्थापकिय जिम्मेवारीमा रहेको घन्टेश्वर माबी कुडिकोट का प्रधानाध्यापक लालबहादुर कुँवर ले स्वागत मन्तव्य राख्नुभएको थियो, कार्यक्रमको संचालन सह-प्रधानाध्यापक मीन बहादुर रोकायाले गर्नुभएको थियो भने यसै विद्यालयका शिक्षक सुबोध सस्मित रावतले खेलाडिहरुलाइ मार्चपास गराउनुभएको थियो ।