जोरायल गाउपालिकाको रावतकट्टेमा पालिकामा सेवा प्रदायक संस्था एवं विषयगत शाखाको सेवा नक्साङ्कन ,भुमिका र बालबालिकाको सवाल पैरवी सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ।
युनिसेफ नेपालको सहयोग तथा जोरायल गाउपालिकाको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि - गाउपालिका अध्यक्ष दुर्गादत्त ओझाले ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने विशिष्ट अतिथी गापा उपाध्यक्ष - जमुना कुमारी बोहरा ,प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट ,इलाका प्रहरी कार्यालय रावतकट्टे का इन्चार्ज बलिभद्र पनेरु रहनुभएको थियो, यसैगरी गाउपालिकाका विभिन्न शाखा प्रमुख तथा प्रतिनिधि हरुले विषयगत रुपमा आफ्ना योजना कार्यक्रम तथा सुझावहरु राख्नुभएको थियो।
गाउपालिका स्वास्थ्य शाखा प्रतिनिधि योगेन्द्र मन्डलले स्वास्थ्य शाखा मार्फत बालबालिका लाई विभिन्न खोप,सुरक्षीत मातृत्व सम्बन्धि कार्यक्रम , ५ बर्ष भन्दा मुनिका वालवालिकाको स्वास्थ्य चेकजाच गर्ने, जस्ता सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो।
यसैगरी भौतिक पुर्वाधार शाखाबाट सबइन्जिनियर बाबुराम दाहालले गाउपालिकाले एयरपोर्ट प्रविधिको जाली ,लगाउने काम गरिरहेको पछिल्लो संरचनाहरु बालमैत्री ,अपाङ्ग मैत्री बनाउदै आएको कुरा राख्नुभयो।
पशुशाखा बाट प्रतिनिधि रहनुभएका शाखा कर्मचारी सुरत बादीले पशुशाखा मार्फत मासु र अन्डा उत्पादन मा जोड दिदै आएको ,त्यसैगरी पशु बाट बालबालिकामा सर्ने रोगबारे जनचेतनामूलक कार्यक्रम गरिरहेको जानकारी गराउनुभयो।
खानेपानी शाखा प्रमुख सुरेश चन्दले बालमैत्री धाराहरुलाइ जोड दिएइएको, गाउपालिका भित्रका २ वटा विद्यालय लाई २ तारे विद्यालय घोषणा गरिएको र , ४ ओटा खानेपानी योजनालाई सुरखित खानेपानी घोषणा गरिएको, जानकारी दिनुभयो
यसैगरी बहुक्षेत्रीय पोषण कार्यक्रम प्रतिनिधि मिना खत्रीले बालबालिका को क्षमता तथा वृद्धि विकासका विषयहरुमा विद्यालयमा शिक्षिका हरुलाइ तालिम दिने गरेको यसैगरी रोजगार शाखाले गोरेटो बाटो सुधार, खानेपानी मा पनि पुर्वाधार सँग मिलेर निर्माण कार्यमा योगदान दिएको ,कानुनशाखाले - कानुनी प्रक्रिया को बारेमा जानकारी दिनुभयो ।
गाउपालिकाको कृषिशाखाले - ३ वटा विद्यालयमा करेसा बारि निर्माण गरि तरकारी,फलफूल खाद्यान्न को बारेमा तालिम दिने ,बिउबिजन वितरण गर्ने समुदायमा समूह र सहकारी मार्फत सचेतनामुलक कार्यक्रम गर्दै आएको कुरा बताउनुभयो।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका विषय विज्ञहरुले विभिन्न धारणा राख्नुभएको थियो लागुऔशध सम्बन्धि जनचेतना कार्यक्रम गर्नुपर्ने , बालकल्याण कोष को नीति ल्याउनुपर्ने ,साथै बैंक को क्षेत्रमा बालबालिका को पहुच सेवा प्राप्त गर्दा , इन्स्योरेन्स ,खुत्रुके बचत पोषणभत्ता सम्बन्धी काम गरिरहेको ,कुरा राख्नुभएको थियो।
यसैगरी इलाका प्रहरी कार्यालय रावतकट्टेका इन्चार्ज बलिभद्र कुँवरले बालबालिका लाई ललाइ फकाइ भएका बालबिवाहहरु न्यूनीकरण गर्न तथा बालबालिका लाई लागुऔषध दुर्व्यसनी बाट बचाउ जनचेतना फैलाउदै २४ सै घन्टा सेवामा दिइदै आएको र महिला तथा बालबालिका सेलको लागि छुट्टै भवन नभएको गुनासो व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जोरायल गाउपालिका अध्यक्ष दुर्गाओझाले विभिन्न खाले हिंसा पिडितहरुको लागि उद्धार गर्न फन्ड को ब्यबस्था , गर्ने प्रतिबद्धता जनाउनुभयो भने उपाध्यक्ष जमुना बोहराले बालविवाह सम्बन्धि मुद्दा हरुमा वडा अध्यक्ष हरुले पनि महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने,साथै गैरसरकारी संस्थाहरू सँग पनि मिलेर जाने जस्ता कार्यक्रम बनाउने कुरा राख्नुभएको थियो।
कार्यक्रमका सभापति महिला तथा बालबालिका शाखा प्रमुख तुलसी पाण्डेले बालविवाह भएपछि उद्धार गरिएका बालबालिका राख्न सेभ हाउस निर्माण गर्नुपर्ने सुझाव राख्दै कार्यक्रम समापन गर्नुभयो ,कार्यक्रमको संचालन साझेदारी संस्था युनिसेफ नेपालका अधिकृत डम्बर बोहराले गर्नुभएको थियो।