पुर्खा ले आर्जेको मान सम्मान को रक्षा गरौ
थप मान सम्मान प्राप्त को लागी एकताबद्ध गरौ
ब्यवस्था हामीले परिवर्तन गरेका हौ
अवस्था पनि हामीले परिवर्तन गर्नुपर्छ
मानिस सामाजिक प्राणी हो सामाजिक प्राणी भएको ले मानव समाज बिना बाच्न सक्दैन
समाज दुई किसिमको हुन्छ एउटा आफ्नो स्वार्थ को लागी जे पनि गर्न तयार हुने अरु लाई गाली बेजत गर्न यो भएन त्यो भएन यसले यो गरेन उसले त्यो गरेन मैले मात्रै काम गरेको छु भन्छ उसले सानो काम गरे पनि विशाल गरेको भनेर प्रस्तुत हुन्छ
अर्को समाज यस्तो छ उ सम्पुर्ण समाज को उन्नति प्रगति र समृद्धि चाहान्छ आफ्नो जिम्मेवारी के हो? आफ्नो कर्तव्य केहो मेरो समाज लाई प्रगति को बाटो मा कसरी लैजाने
भन्ने मा चिन्ता गर्छ योजना बनाउछ इमानदार भएर रातदिन लाग्छ केहि गर्ने कोशिश गर्छ तर उसलाई न समाज ले साथ दिन्छ न उ संग स्रोत र साधन हुन्छ अनी त्यो समाज लाई निराश हुन बाहेक कुनै विकल्प हुदैन त्यस पछि उ निराश हुन्छ ।
आजको हाम्रो समस्या भनेको यही हो
हामी उसले समाज को लागी केहि गरेन भनेर सजिलोसँग प्रश्न गर्छौ तर मैले मेरो समाज को लागि यो यो काम गरे अझै सक्रियता को साथ गर्नु पर्छ भनेर अगाडि आउन चाहादैनौ
हामी आफै नेपाली हो अनि आफै भन्छौ नेपाली समाज यस्तै हो यसको काम छैन यसमा कोहि गतिला छैनन् भनी रहदा म पनि त्यही समाज को एउटा नेपाली हु भन्ने कुरा किन भुल्छौ। मैले अरु को तिर एउटा औलो देखाउदा चार वटा औलो मेरो तिर देखाइरहेका हुन्छन् भन्ने कुरा किन भुल्छौ
आज को दिन मा प्रवास का संघसंगठन लाई जसले समाज को लागी केहि गर्दैनन् उनीहरु लेनै धेरै भन्दा धेरै गाली मात्रै गर्छन् तपाईं हरु का संघसंगठन हरु ले के गर्यो भन्छन्
प्रवास का संघसंगठन ले उनीहरुको स्रोत र साधन का हिसाबले धेरै काम गरेका छन् त्यसको छुट्टै इतिहास छ यो सबैलाई थाहा पनि छ फ़ेरि पनि भनी रहन्छन् त्यसलाई हामी स्वागत नै गर्छौ
स्वदेश को राजनीतिक परिवर्तन मा आर्थिक भौतिक नैतिक रूपमा महत्त्वपूर्ण योगदान गरेका छन् प्रवास का संघसंगठन ले
देश र जनताको लागी हासी हासी आफ्नो अमुल्य जीवन को बलिदान गरेका छन् भारत प्रवास का संघसंगठनका नेताकार्यकर्ता हरु ले आफू मरेर तपाईं हामीलाई प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र दिएका छन भारत प्रवास का संघसंगठनका नेताकार्यकर्ता ले जसले समाज को लागी केही गर्दैनन् उसलाई पनि बोल्ने लेख्ने र भन्ने अधिकार दिएका छन् यो अहिलेसम्म को तपाईं हाम्रो उपलब्धि हो।हामीले राजनीतिक परिवर्तन गरेका छौ
अब आर्थिक र सामाजिक परिवर्तन गर्नुपर्ने दायित्व तपाईं हाम्रो काधमा छ हामी सबै विभिन्न मंच बाट भन्छौ भारत मा यति लाख छौ उति लाख छौ त्यसको तथ्य आकडा कसैसँग पनि छैन हावा हावा को भरमा भन्छौं
सबैभन्दा पहिला तपाईं हामी सबै एकताबद्ध भएर हाम्रो साच्चै भारत मा प्रवासी नेपाली हरु को सङ्ख्या कति छ। कुन कुन लेबल मा के के काम गर्नु हुन्छ हरेक गल्ली मोहोल्ला जिल्ला राज्य को तथ्यांक एक ठाउमा ल्याउनु पहिलो आजको आवस्यक छ
हाम्रो तथ्यांक न नेपाल सरकार संग छ न भारत सरकार संग छ न कसैलाई चिन्ता र चासो छ तसर्थ हामी प्रवासी नेपाली हरु को तथ्यांक हामीले नै जम्मा गर्नुपर्ने हुन्छ तर यो त्यति सजिलो त छैन फेरि पनि हामीले नै गर्नुपर्ने छ। जब तपाईं हामी यस्तो नेपाली हो हामी भनेको कुरा गरेर नै छोड्ने हाम्रो पहिचान हो।
जसरी विश्व का विभिन्न देश मा भएका प्रवासी नेपाली हरु आफ्नो पहिचान N R N को माध्यम बाट बनाएका छन् उनीहरुको सामुहिक लगानी गर्छन् उनीहरु विभिन्न राजनीतिक दल को समर्थक छन् तर पनि N R N को मुद्दामा एकता बद्ध छन् त्यही भएर आज नेपाल को राजनीतिक परिवर्तन गर्न महत्त्वपूर्ण भुमिका खेलेका भारत प्रवासका प्रवासी नेपाली हरु भन्दा केहि वर्ष यता नेपाल को परिवर्तन पछी विश्व का विभिन्न मुलुक हरु मा गएका नेपाली हरु प्रति धेरै ध्यान दिएका हुन्छन उनीहरुको सम्मेलन नै नेपाल मा हुन्छ देशको प्रधानमन्त्री ज्यु ले नै कार्यक्रम को उद्घाटन गर्नु हुन्छ त्यसकोप्रमुख कारण उनीहरुको एकता नै हो
त्यही भएर तपाईं हाम्रो पहिचान देश भित्र बनाउन होस् वा भारत मा बनाउन होस् तपाईं हाम्रो एकताको अनिवार्य आवस्यक छ
यदि तपाईं हामी एकता वद्ध हुन सक्ने हो भने तपाईं हाम्रो हरेक समस्या को सजिलोसँग नै समाधान गर्न सक्नेछौ यहाँ कसैले पनि सहयोग पाइन मैले न्याय पाइन भन्ने अवस्था आउने छैन आज काल जुन समस्या छन् ती पनि रहनेछैनन
तपाईं हामी लाई थाहा छ गाउ गाउ संगठित छन जिल्ला संगठित छन देश देश संगठित छन हामी ले एकीकृत नेपाल देखेका छौ भारत देखेका छौ सार्क देश भन्ने सुनेका छौ सयुक्त राष्ट्र संघ भन्ने सुनेका छौ तिनीहरु ले हेप्पिएको पछी परेको पारिएको गरीब दुख अशिक्षित लाई सहयोग गरेको भन्ने देखेका छौ सुनेका छौ भने हामी भारत मा बस्ने प्रवासी नेपाली हरु एकता बद्ध किन नहुने यहाँ केहि संघसंगठन र सामाजिक अभियानता ले गरेर मात्रै केहि हुदैन भएन त्यसैले तपाईं हामी भारत मा बस्ने सम्पूर्ण नेपाली हरु का समस्या एउटै छन् भने समाधान को लागी एउटा सामुहिक मंच मा किन न आउने आज को यो प्रश्न तपाईं हामी माथी आइरहेको छ जसरी विगतमा एकताबद्ध भएर राजनीतिक परिवर्तन गरेका छौ त्यसैगरी भारत मा बस्ने प्रवासी नेपाली हरु को पहिचान बनाउन र हरेक समस्या समाधान गर्न संघसंगठन मा आवद्ध हौ
हाम्रो एकता नै हाम्रो ताकत हो
हरेक समस्या को समाधान हो धन्यवाद ।
लेखक- राजेन्द्र प्रसाद खनाल
प्रवासी नेपाली संघ भारत
कर्नाटक केरला सयुक्त राज्य समिति सचिव