डोटीको जोरायल गा पा ६ नम्बर वडाको आर्थिक सहयोग ,CDF Nepal को प्रायोजन र निरौली महिला विकास समाज खसरे डोटीको आयोजनामा आज ११४ औँ अन्तरास्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । आज अन्तरास्ट्रिय नारी दिवसको अबसरमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ खसरेले २० बर्ष उमेर पूरा भै बिवाह गरेका १ जोडिलाइ सम्मान गरेको छ । वडा कार्यालयले गत २०८० /०२/३१ गते यता बीस बर्ष पूरा भै बिवाह गरेका जोडि हरुलाइ प्रमाण खुल्ने आबस्यक कागजात (दुलाह दुलही २० बर्ष पुरा भएको प्रमाण खुल्ने कागजात, दुलाह दुलही दुबैको नागरिकता प्रमाणपत्र प्रतिलिपी र ३५ दिन भित्र वडा कार्यालयमा गै बिवाह दर्ता गरेको प्रमाणपत्र प्रतिलिपी ) साथ निवेदन दिन अनुरोध गरिए बमोजिम १ जोडि सम्मानित भएको छ ।जोरायल गाउँपालिका ६ सित्तोली माइती घर हुनुभएको २६ बर्षिया कमला बोहरा र बैतडी जिल्ला मेलौली नगरपालिका ३ कुजागाड निवासी २६ बर्षिया माधव भाट को जोडी सम्मानित भएको छ । उक्त जोडीको यहि माघ ८ मा बिवाहा भएको थियो । सम्मानित जोडिलाइ कार्यक्रमका प्रमुख अतिथि जोरायल गाउँपालिका ६ का वडा अध्यक्ष गणेश बहादुर बोहरा ले टीका खाँदा , मायाको चिनो र नगद संगै सम्मान गर्नु भएको थियो । साथै CDF Nepal बाल संरक्षण तथा बाल अधिकार प्रबर्द्धन परियोजना कार्यक्रम संयोजक गिरी राज पाठकले सम्मानित जोडिलाइ सम्मान संगै सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै सम्मानित दुलाहले आफुलाइ आत्मनिर्भर बन्न हरेक क्षेत्रमा संघर्ष गरि सफलता प्राप्ति पश्चात् मात्रै बिवाहा गरेको र आज आएर यो कार्यक्रमले आफुहरुलाइ ढिलो बिबाह गर्दा सम्मानित भएकोमा गौरव भएको साथै अरुलाइ समेत उमेर पूरा भएपछी दुबै जना आत्मानिर्भर र परिपक्वता भएर मात्रै बिबाह सम्बन्ध मा जोडिएर दाम्पत्य सम्बन्ध मजबुत बनाउन जोड दिनुभयो।
वडामा हुने बालबिवाह र छाउपडी का विभिन्न घटनाहरु न्युनिकरण गर्ने उदेश्यका साथ मिति २०८०/०२/३१ गतेको आम भेलाले यस्तो निर्णय गरेको थियो । "बिहेबारी बीस बर्ष पारी " भन्ने मुलनारालाइ आत्मसात गर्दै सि डि एफ नेपाल (CDF- Nepal) संस्थाको सहजीकरण सहयोग र जोरायल गाउँपालिका ६ नम्बर वडा कार्यालय संगै स्थानीय सम्पुर्ण सरोकारवालाको भेलाको निर्णय प्रतिबद्धता अनुसार आज यो सम्मान कार्यक्रम गर्न लागेको र यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने बिश्वास कार्यक्रमका प्रमुख अतिथि तथा जोरायल गाउँपालिका ६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो ।
हाल चुनौती तथा जटिल समाजिक समस्याको रुपमा रहेकोे बालबिवाह र छाउपडीप्रथा संग जुझ्न र समाजमा समेत सकारात्मक सन्देश दिन यस्तो खालको सम्मान गर्ने निर्णय गरे बमोजिम यो कार्यक्रम गरिएको साथै यो सम्मान सुदुरपश्चिम प्रदेश कै पहिलो अभ्यास भएको , डण्ड सजाय भन्दा सम्मान ले समाजमा सकारात्मक सन्देश प्रबाह गर्न सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रम को प्रायोजक गरिएको बाल संरक्षण तथा बाल अधिकार प्रबर्द्धन परियोजना कार्यक्रम संयोजक गिरी राज पाठकले बताउनु भयो ।
त्यस्तै अन्तरास्ट्रिय नारी दिवसको अबसरमा आयोजित कार्यक्रममा ६ नम्बर वडा भित्रका आधारभुत तह (६-८) को हाजिरी जवाफ प्रतियोगिता समेत गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा रघुनाथ मा वि निरौली प्रथम,कृष्ण मा वि दह दृतिय र दुर्गा मा वि लमौते ले तृतीय स्थान हासिल प्राप्त गरेका थिए ।साथै दिवसको अबसरमा वडामा रहेका विभिन्न १४ वटा स्वस्थ महिला आमा समूह बाट नारी हिंसा अन्त्य र महिला अधिकार प्राप्ति संग संबंधित डेउडा गित र नृत्य प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा सुरक्षाकर्मी,जनप्रतिनिधि ,महिला दिदिबहिनी ,सर्वसाधारण ,सरकारी तथा गैर सरकारी संघ संस्था प्रतिनिधि ,बिद्यालयका शिक्षक बिद्यार्थी लगाएत पत्रकार हरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुने अधिकांश बक्ताहरुले अब नारी दिवस कार्यक्रममा सिमित मात्रै भएर संबिधान र अधिकारका कुरा मात्रै हुने गरेकाले अब अधिकार प्राप्ति तथा नारी सशक्तिकरणका लागी सबै मिलेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो। कार्यक्रमको सभापतित्व निरौली महिला विकास समाज का अध्यक्ष रिता बोहराले र कार्यक्रम संचालन CDF Nepal फिल्ड कर्मचारी करण साउदले गर्नु भएको थियो ।