डोटीको जोरायलमा हुन गैरहेको दोस्रो जोरायल महोत्सव २०८० को तयारि अन्तिम चरणमा पुगेको छ ।"समृद्धिको अभियान,जोरायलको पहिचान " भन्ने मुलनाराका साथ युनिक युथ स्पोर्ट्स क्लबले यही चैत २८ देखि २०८१ बैशाख ३ सम्म संचालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।जोरायल क्षेत्रको कला ,संस्कृति, भाषा उत्पादन, कृषि, शिक्षा लगएतको संरक्षण र प्रचारप्रसार गर्ने उदेश्यले गत बर्ष देखि क्लबले महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सवमा रास्ट्रीय लोकदोहोरी तथा डेउडा कलाकारहरु बद्री पंगेनी,पुस्कल शर्मा,चक्र बम,लक्ष्मी आचार्य ,उमा देवी खनाल,रेखा जोशी संगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा विभिन्न मनोरञ्जन संगै व्यावसायिक स्टल ,प्रदशनी,सांस्कृतिक झाकि समेत रहने क्लबले जानकारी दिएको छ । ६ दिनसम्म संचालन हुने महोत्सवले जोरायलको कला, संस्कृति, उत्पादन र धार्मिक तथा प्रयटकिय क्षेत्रको प्रचारप्रसार र संरक्षणमा बिशेष सहयोग पुर्याउने संस्थाका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक पवन कुमार शाहुले जानकारी दिएकाछन ।
गत बर्षपनी संस्थाले पहिलो संस्करणको जोरायल महोत्सव संचालन गरेको थियो । यसपटक पनि कल्बले "समृद्धिको अभियान ,जोरायलको पहिचान " भन्ने मुलनाराका साथ संचालन हुन गै रहेको दोस्रो जोरायल महोत्सवको तयारी तीब्र भएको छ । गत फाल्गुन २८ गते मुल आयोजक समिति र अन्य ८ उप समिति गठन गरि महोत्सव तयारीमा क्लब लागेको छ ।अहिलेसम्म कलाकार आमन्त्रण देखि मंच ब्यबस्थापन र आबस्यक अन्य तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक मुल समितिले जानकारी दिएको छ ।यसपटक लगभग २५/३० हजार दर्शकले महोत्सव अबलोकन गर्ने अनुमान गरिएकोछ ।