पशु स्वास्थ्य तथा पशु सेवा ब्यबसायी परिषदको सुदुरपश्चिम प्रदेश स्तरीय अभिमुखिकरण गोष्ठी आज धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकार पशु स्वास्थ्य तथा पशु ब्यवसायी परिषद काठमाडौ नेपालको आयोजनामा धनगढीको सौराइ प्यालेसमा आज गोष्ठी सम्पन्न भएको हो।
परिषदका अध्यक्ष देवेन्द्र प्रसाद यादव को अध्यक्षता मा प्रमुख अतिथि सुदुरपश्चिम सरकारका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा रहनुभएको थियो ।त्यसैगरी
विशिष्ट अतिथिमा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचीव डा . मदन सिंह धामी, संगै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा. पान सिंह ठगुुन्ना रहनुभएको थियो । गोष्ठीमा परिषदका रजिष्टार पुर्ण बहादुर वुढा लगाएत परिषदका सदस्यहरु, सु प प्रदेशका ९ वटै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र का कार्यालय प्रमुखहरु,सु प प्रदेशका पशुपन्छी तथा मत्स्य सम्वन्धी पेशागत संगठनका सुदुरपश्चिम संयोजकहरु , ९ वटै जिल्लाबाट भेटेरिनरी तथा मत्स्य सेवामा आवद्ध २५० भन्दा बढि प्राविधिक तथा विज्ञहरुको सहभागीता रहेको थियो ।
![1715528079617-1715529643.jpg](https://www.okhalnews.com/uploads/posts/1715528079617-1715529643.jpg?timestamp=1715529648472)
प्रमुख अतिथि तथा सुदुरपश्चिम प्रदेश सरकारका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाले दिप प्रज्वलन गरि समुद्घाटन गर्नुभएको कार्यक्रममा परिषदका उपाध्यक्ष जनक रावलले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो । गोष्ठीमा पशु स्वास्थ्य तथा पशु सेवा ब्यवसायी परिषदका रजिष्टार पुर्ण बुढाले ऐनको बारेमा जानकारी सहितको कार्यपत्र र सु प प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तर्फबाट डा. हेमराज अवस्थीले सु प मा रेविज रोगको अवस्था र नियन्त्रण तथा रोकथामका लागि गरिएका प्रयास बारे जानकारी सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठीको समापनमा बोल्दै परिषद अध्यक्ष तथा कार्यक्रमका सभापति देवेन्द्र प्रसाद यादवले ऐन पारित भएर परिषद गठन भई कार्यान्वयनमा आईसकेकाले अवका दिन देखी पशुपन्छी सेवाका प्राविधिक तथा विज्ञहरुको अनिवार्य परिषदमा दर्ताको प्रावधान हुने बताउनु भयो । त्यसैगरी प्राविधिकको तह विभाजन हुने ,परिषदमा दर्ता नभएका प्राविधिक विज्ञले सरकारी गैरसरकारी कुनैपनि निकायमा काम गर्न नपाउने,कुन तहको प्राविधिकले कति सम्म काम गर्न पाउने जस्ता महत्वपूर्ण प्रावधान रहेको बताउनु भयो ।साथै भेटेरिनरी डाक्टरहरु भन्दा बाहेकका भेटेरीनरी तथा मत्स्य प्राविधिक र विज्ञ हरु यस परिषदमा दर्ता हुने समेत उहाले बताउनुभयो ।
एक दिन चलेको उक्त गोष्ठीमा प्रमुख अतिथि तथा सुदुरपश्चिम प्रदेश सरकारका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा , पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. पान सिंह ठगुन्ना , भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम सचिव डा. मदन सिंह धामी, परिषद सदस्य लोकराज भुसाल लगायतले मन्तव्य राख्नु भएको जानकारी नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसियसन (नेभ्ला) केन्द्रीय सचिव एवं जोरायल गाउँपालिका डोटीका पशु स्वास्थ्य प्राविधिक मान बहादुर रानाले दिनु भयो। कार्यक्रम संचालन परिषद सदस्य धर्मराज जैशीले गर्नुभएको थियो ।