डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटी जिल्ला कमिटिको दोस्रो बैठक विभिन्न निणयहरु गदै सदुरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।
आज (शनिबार) डोटीको सिलगढीमा जिल्ला अध्यक्ष चक्र मल्लाको अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो बैठकले नेकपा जिल्ला कार्यालय (हाई कमाण्ड) गठन गरेको छ । बैठकले १४ जना लाई जिल्ला सदस्यमा मनोनित समेत गरेको छ । बैठकले ४७ सदसीय जिल्ला सचिवालय गठन,९ वटै स्थानीय तहमा इन्चार्जको जिम्मेवारी तोकेको छ । यसैगरी बैठकले पार्टीको गाउपालीका कमिटिको सपथ कार्यक्रमको मिति तोकेको छ । आज बसेको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटि को जिम्मेवारी समेत तोकेको जिल्ला सचिव जंग वि.क शैलेन्द्रले जानकारी दिएका छन् ।
जिल्ला कार्यालय (हाई कमाण्ड) गठन :
पार्टीको संगठनको सांगठानिक जिम्मेवारी नहुदा अन्यौल बनेको नेकपा जिल्ला कमिटि डोटीले पुर्ग रुप लिएको छ । आज सदुरमुका सिलगढीमा बसेको दोस्रो बैठकले ७ सदस्सीय जिल्ला कार्यालय हाई कमाण्ड गठन गरेको छ । जिल्ला कार्यालयमा ४ जना पुर्व एमाले र ३ जना पुर्व माओवादीका रहेका छन् । जिल्ला कार्यालयमा चक्र मल्ल, दुर्गा ओझा, राम बहादुर ऐर,मन्जु मलासी पुर्व एमाले बाट छन भने पुर्व माओवादी बाट जंग वि.क. छवि ओली र प्रख्यात कुवर रहेका छन् ।
१४ जना लाई जिल्ला सदस्यमा मनोनित :
आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले १४ जना लाई जिल्ला सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । बैठकले हस्त बुढा,शेर बहादुर मल्ल,नरेश मलासी,टेक रोकाया,मनिषा धानुक,वम बहादुर वम,लोक बलायर,जमुना बोहरा र भगवती वम पुर्व नेकपा एमाले बाट र डबल सिह,भक्त बहादुर सिह,कृष्ण वि.क,नैन सिह बोहरा र जहर सिं वि.कलाई पुर्व माओवादी तर्फ बाट जिल्ला सदस्य मा मानोनित गरेको छ । मनोनित जिल्ला सदस्यहरुको नाम प्रदेश कमिटिबाट अनुमोदन भएपछि सपथ खुवाउने र जिम्मेवारी बाडफाड हुने जिल्ला अध्यक्ष मल्लले जानकारी दिएका छन् ।
४७ सदस्यीय जिल्ला सचिवालय गठन :
आज बसेको नेकपा जिल्ला कमिटिको बैठकले ४७ सदस्यीय जिल्ला सचिवालय पनि गठन गरेको छ । नेकपा को विधान अनुसार १४९ सदसीय जिल्ला कमिटि मा पुर्व एमालेका ८२ जना र पुर्व माओवादीका ६७ जना जिल्ला सदस्य रहेका छन । जस मध्य सचिवालयमा पुर्व एमालेका २६ र पुर्व माओवादीका २१ जन रहेका छन् ।
९ वटै स्थानीय तहमा इन्चार्ज तोकिए :
आज बसेको नेकपा डोटी को दोस्रो बैठकले ७ गाउपालिका र २ नगरपालिका को इन्चार्ज पनि तोकेको छ । ९ स्थानीय तहको इन्चार्ज मध्य १ नगरपालिका सहित ४ स्थानीय तहमा पुर्व एमाले र १ नगरपालिका सहित ३ स्थानीय तहमा पुर्व माओवादीले जिम्मेवारी पाएको छ । पुर्व एमाले तर्फ बाट दिपायल सिलगढी नगरपालिक इन्चार्ज मा सिद्धराज जोशी,सायल गाउपालिका इन्चार्ज मा हर्क सिह,के.आई सिह गाउपालिकामा खगेन्द्र बडैला, बडिकेदार गाउपालिकामा चक्र घर्ति र बोगटान मा भने पछि जिम्मेवारी दिने निर्णय गरेको छ । यसैगरि पुर्व माओवादी बाट शिखर नगरपालिका इन्चार्ज मा रमेश जोशी,पुर्विचौकी गाउपालिका इन्चार्ज हरिष कुवर,जोरायल गाउपालिका इन्चार्जमा नन्दलाल वि.क र आर्दश गाउपालिका इन्चार्जमा योगेन्द्र खड्का लाई जिम्मेवारी दिएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटि गठन :
बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय समिटि क को संयोजक मा योगेश मल्ल र सचिव संञ्जा रोकाया र ख तर्फमा संयोजक महेश्वर भाट र सचिवमा जगत मल्ललाई बैठकले चयन गरेको छ ।
गाउपालीका कमिटिको सपथको मिति तयार :
बैठकले जिल्ला मा रहेका ९ वटै स्थानीय तह कमिटिको सपथ ग्रहण मिति तोकेको छ । जस मध्य दिपायल सिलगढी नगरपालिका कमिटिको हिजो शनिवार नै सपथ गरिएको थियो भने भोली असोज ५ गते पुर्विचौकी गाउपालिका कमिटिको सपथ ग्रहण तोकीएको छ । यसैगरि ७ गते शिखरमा,८ गते के.आई.सिहमा,९ गते बोगटान गाउपालिकामा,१० गते आर्दश गाउपालिकामा,११ गते सायल गाउपालिका,१२ जोरायल गाउपालिका,१३ गते बडिकेदार गाउपालिका मा सपथ ग्रहण कार्यक्रम तोकिएको छ ।
९ वटै तहका सपथ ग्रहण कार्यक्रममा जिल्ला अध्यक्ष, सचिव र कार्यालय सदस्यहरु अनिवार्य उपस्थित रहने छन् ।