१. तपाइँ जन्मेको जिल्ला ?
मेरो जन्म नेपालको बिकट जिल्लाहरु मद्ध्येको एक जिल्ला "डोटीमा" भएको हो। मेरो प्रारम्भिक र माध्यमिक तह सम्म्को शिक्षा डोटी जिल्ला मै भएको थियो। त्यसपछी मैले आइसीसी कंचनपुर महेन्द्र नगर बाट गरी बिएससी अमृत साइन्स क्याम्पस काठमाडौं मा पढे । त्यस पछि उच्च शिक्षा मास्टर र पिएचडी अध्ययनको लागि जर्मनी पुगेको हुँ।
२.कहिले देखि बिदेश (देशको नाम) बस्न थालुभयो ?
जर्मनी पहिलो मा आएको २००२ सालमा आएको थिए । मैले म्याथ्म्याटिक्स मा एमएससी गरे र पिएचडी चाँही बायो इन्फोर्म्याटिक्स मा गरे। अहिले आइटी क्षेत्रमा काम गरी रहेको छु ।
३.तपाइको जीवनमा नेपालमा गरेको उल्लेखनिय कुरा छन?
छन, धेरै नै छन । खास गरी विद्यार्थी रहदा अस्कल क्याम्पसको स्वबियुमा सदस्य, सचिव र उप-सभापती पदमा रहेर विद्यार्थीहरुलाई सहयोग गर्ने कुरामा निकै सकृया रहे । त्यही बाट मैले सामाजिक कार्यमा सकृय रहेर अरुलाई सक्दो सहयोग गर्ने भावनाको बिकास गरेको हुँं । त्यती बेला हामीले विद्यार्थी लाई ५०% डिस्काउन्ट दिनु पर्छ भनेर आन्दोलन गरेका थियौ जस्मा अस्कल क्याम्पसको ठुलो भूमिका थियो। त्यो आन्दोलन कुनै ब्यक्ती वा समुह बिशेष भन्दा पनि सबै विद्यार्थीहरुको थियो र पछी त्यो आन्दोलन ३३% मा सहमती गरेर टुङिएको थियो।
जर्मनी आए पछी भने मैले टुरिस्ज्म मा नेपाल लाई सहयोग गर्नु पर्छ भनेर धेरै पल्ट अभियान हरु चलाएको छु। म पश्चिममा जन्मिएको र हुर्किएकोले त्यही क्षेत्रमा सकृय हुँदा बढी काम गर्न सकिन्छ भन्ने हेतुले यो क्षेत्रको पर्यटनमा सघाउदै आएको छु। हामीले पहिलो अफिसियल खप्तड -रारा ट्रेक्किङको आयोजना गर्यौ, त्यहाका थुप्रै स्थानीयहरु सँग मिलेर । त्यो भन्दा पहिले त्यस्तो किसमको अफिसियल ट्रेक्किङ थिएन खप्तड र रारा जोड्ने । हामीले अरु धेरै पटक सना ठुला पर्यटन ट्रेक्किङ गरेका छौ, जस्तो : अपि-ट्रेक्किङ, बझाङ सैपाल ट्रेक्किङ । पर्यटन बाहेक मैले एनआरएन जर्मनीको सदस्य देखी अद्यक्ष सम्मका बिभिन्न पदमा काम गर्दै जादा बिभिन्न परोपकरी कामहरुको नेत्रित्व गरेको छु। सामुहिक नेत्रित्वमा विश्वाश गर्ने भएकोले मैले अरु थुप्रै एनआरएन अभियन्ता हरु सँग मिलेर काम गरेको छु। औ-पेयर र जर्मन आउन खोज्ने विद्यार्थीको लागि सुचना मुलक कार्यक्रम सन्चालन गर्यौ । काठमान्डौमा पनि अन्तर्कृया कार्यक्रम गर्यौ , नेपाल आएको बेला। यो कार्यक्रम निकै प्रभावकारी रह्यो। अरु एनआरएनका अभियान्ताहरुले जस्ताइ जर्मनीले पनि बिभिन्न क्षेत्रमा आर्थिक सहयोग गरेको छ र ति सबैमा मैले पनि अरु सँगै सहयोग गरेको छु।
४. तपाइँ राजनीतिमा संलगन व्यक्ति हो कि होइन यो भने कुन पार्टी, कुन स्तरको राजनैतिक हैसियत हो?
राजनीति हरेक मान्छेले बुझेको हुनु पर्छ र यसलाई नजिक बाट नियाली राख्नु पर्छ भन्छु म । तर एनआरएनलाई पार्टीहरुको शक्ती प्रदर्शन गर्ने थालो भने कदापी बनाइनु हुँदैन। एनआरएनए सबै नेपालीहरुको भावना लाई समिटेर बनेको नितान्त सामाजिक संस्थाहो । यस्मा लागेको ब्यक्तीको मुल्याङ्कनको आधार राजनीति र पार्टी वा पदिय हैसियत हुनु हुँदैन। साथै यस्का अभियान्ताले राजनैतीक आस्थाका आधारमा अरुलाई भेद्भाव गर्ने र त्यस अनुरुप व्यबहार गर्ने गर्नु हुँदैन । नेपाल र नेपाली भएकोमा गर्व गर्दै हामीहरुले बिदेशिनु पर्दाको दुखकस्ट अर्को पुस्ताले भोग्न नपरोस भन्ने भावनाले ओतप्रेत भएर चलेको हाम्रो संस्था एनआरएनएले हरेक बिचारका नेपाली लाई बराबररीको व्यबहार गर्दै अघी बाढ्नु पर्छ। किनकी बिदेशीनुको पिडाले सबै नेपाली लाई उत्तिकै पोलेको छ।
५. तपाइको वर्तमान ब्यबसाय र व्यक्तिगत पेशागत कुराहरु?
म अहिले आइटी स्पेपिसिलिस्ट को रुपमा एउटा लिफ्ट बनाउने कम्पनीमा आइटी डिपार्टमेन्ट हेड को रुपमा काम गर्दछु। साथै बिदेशमा बसेर नेपाल र नेपाली को पनि प्रमोशन गर्नु पर्छ भनेर नेपाली साथी भाई हरु सँग मिलेर नेपाली रेस्टुरेन्टहरु पर्ट्नर्शिपमा चलाएका छौ।
https://www.namastenepal.de/
६. NRNA को सदस्यता कहिले लिनु भयो।
म २००७ साल देखी एनआरएनए मा सलग्न भए पनि एनआरएनए को सदस्यता भने २००९ सालमा मात्र लिएको हो । त्यस यत निरन्तर सकृय छु ।
७. NRNA मा कुन कुन साल कुन कुन पदमा काम गर्नुभयो
एनआरएनए जर्मनी को सदस्य २०११ देखी २०१३, २०१३-२०१५ मा उपाद्यक्ष, २०१५-२०१७ मा एनआरएनए जर्मनीको अद्यक्ष भएर काम गरे। त्य्स्तै गरी मैले आइसीसीका बिभिन्न टास्क फोर्सहरुमा पनि रहेर एनआरएनएको अभियानमा योगदान पुर्याएको छु। अध्यक्ष हुँदा मेरो कार्यकालमा युरोप छेत्रीय सम्मेलन जर्मनीमै भएको थियो र मैले जर्मनी आउनु भएका सबै पाहुनाहरुको सेवा गर्ने मौका पाएको थिए । उक्त सम्मेलनले मलाई युरोपका सबै प्रतीनिधीज्युहरु सँग नजिक बाट अन्त्रकृया गर्ने र उहाहरुलाई बुझ्ने मौका पाएको थिए। त्यसरी छेत्रीय सम्मेलनको आयोजना गर्नको लागि ब्यबस्थापकिय नेत्रित्व गरीसके पछी नै युरोप स्तरिय सहायक भएर काम गर्ने इच्छा लागेर आएको हो।
८. यो पटक किन (युरोप सह संयोजक) पदमा उठ्न लागेको?
अहिले म युरोप सह संयोजक डि आरसी पदमा उम्मेद्बारी दिन लागेको छु। र मेरो उम्मेद्बवारी सबै साथीहरुको सलाह र सुझाबका आधारमा आएको हो। यो कुरा गरुरी पनि छ किन भने एनआरएनए मा म एक्लो ब्रिहस्पती बन्छु भनेर कही पनि पुगिदैन । यस्मा सबै सँगको सहकार्य र
छलफलको आधारमा मात्र सामुहिक रुपमा हामी केही गर्न सक्छौ। म युरोपमा उठ्नको पछाडि मेरो लक्ष छ। एनआरएनएको उदेश्यमा इन्टिग्रेसनको मुद्दालाई स्थापित गर्ने । मैले अहिले एनआरएनहरुको इन्टिग्रेसनको मुद्दा लाई एनआरएनएले जोड दिदै बिदेशीहरुसँग सहकार्यको अबधारणालाई अघाडी ल्याउनु पर्दछ भनी रहेको छु। हाम्रा अग्रजहरुले एनआरएनएको संगठन निर्माण मा ठुलो योग्दान गरे । तर अबको नेत्रित्वकर्ता साथीहरुले एनआरएनएलाई सही दिशा दिएर यस्को भबिश्य सुनिश्चित गर्न सक्नु पर्दछ।
हरेक देशमा त्यहाका नेटिभहरु सम्मिलित फ्रेन्डसिप काउन्सिल बनाएर बिदेशी हरु र नेपाली डायस्पोरा एनआरएनए बीच सहकार्य भए त्यस्ले नेपाली हरुको इन्टिग्रेसन पनि हुने, एनआरएनएको सम्मेलनमा नेपाल जादा बिदेशीहरुको फ्रेन्डसिप काउन्सिलका सद्स्स्यहरुलाई पर्यबेक्षक बानाएर एनआरएनए सम्मेलनमा लादा सयौ बिदेशीहरु लाई पनि काठमान्डौमा एक साथ उतार्न सकिने अवस्था आउने थियो । त्यस्तै हामी बस्ने देशमा त्यहाका नेटिभहरुको नेत्रित्वमा बन्ने फ्रेन्डसीप काउन्सिलको मुख्य उदेश्य एनआरएनहरु सँगको सहकार्य, नेपाल लाई सहयोग र नेपालीहरुको इन्टिग्रेसन राख्न सके त्यस्को मध्यम बाट नेपालमा बिभिन्न खाले प्रोजेक्टमा सहयोग गर्नु परे बिदेशी साथीहरुसँग मिलेर जती पनि सहयोग गर्न सकिने, हाम्रा राम्रा कुरा उनी हरुले सिक्ने , उनिहरुका राम्रा कुरा हामीले सिक्ने । यस्तो कल्चरको बिकास गर्न सके त्यस्ले सबै एनआरएनए सदस्यहरुलाई प्रतक्ष फाईदा पुग्ने अवस्था सिर्जना हुने थियो । अहिले एनआरएनए लाई अग्रज अभियान्ताले मात्रै माया गरी रहेका छन। तर एनआरएन डायस्पोरा र सम्बन्धित देशको नेटिव डायस्पोरा बीचको सहकार्य लाई मुर्त रुप दिने काम एनआरएनए ले गर्न सके अबका दिनहरुमा बिदेशिएका सबै नेपालीहरुले पनि एनअरएनए लाई त्यतिकै माया गर्थे जत्तिको आजका अग्रज अभियन्ताले गरिरहेका छन्।
अर्को मुख्य कुरा हाम्रा सन्ततीहरु न त नेपाली हुने हुन, न त उनिहरु बिदेशी नै हुने हुन। त्यसो भए हाम्रा सन्तातीहरुको परिचय के हो त भन्दा उनीहरु आधा नेपाली, आधा बिदेशी। नेपालीका राम्रा कुरा र बिदेशीका राम्रा कुरा मिलेर भनेको छुट्टै इन्टिग्रेटेड सोसायिटी नै हाम्रा सन्ततीको समाज हो । त्यसैले आज देखी नै हाम्रा सन्तती लाई चाहिएको अधा नेपाली र आधा बिदेशी क्यारक्टेरिस्टिक बोकेको समाजको निर्माणमा लागौ। आगामी अक्टोबरमा हुन सम्पन्न हुन गई रहेको एनआरएन सम्मेलनमा ‘नेपाल जर्मन फ्रेन्डिशिप काउन्सिल’ भने जस्तै हरेक देशमा फ्रेन्डशिप काउन्सिल गठन गर्ने नीति सम्मेलनबाट पास गरौ। आफु बसेको देशमा बिदेशीहरु सँग सहकार्यको अबधारणा अघी सारेर नेपाली समाजको इन्टिग्रेसन गर्ने तिर लागेर हाम्रा सन्ततीलाई चाहिएको समाजलाई आजै देखी निर्माण गर्न तर्फ लागौँ । सम्मेलनमा मेरो उम्मेद्बारीको मध्यम बाट म सबै प्रतिनिधि साथीहरुलाई यही सन्देश दिन चाहन्छु।
९. तपाइको उम्मेद्वारी कुनै प्यानलमा हो हो भने कुन र होइन भने किन ?
एनआरएनए सामाजिक संस्था भएकोले प्यानल बनएर चुनावमा जानु एकदमै गलत हो जस्तो लाग्छ।
सबै नेपाली , सबै लाई नेपालको माया छ। सबै नेपालको लागि केही गर्नु पर्छ भनेर लागि रहनु भएको छ भने आखीर के का आधारमा प्यानल बनाउने ? म त भन्छु सक्षम र समय भएका साथी हरुले सहमती गरेर एक पछी अर्को गर्दै एनआरएनएको नेत्रित्व गर्नु पर्छ। तर सक्षमताको आधार कहिले काही निर्वाचन पनि हुन सक्छ तर त्यस्तो निर्वाचन ब्यक्तिगत तवर बाट हुनु पर्दछ नकी पार्टिगत, जातिगत र क्षेत्रगत ।
११. तपाइलाइ नै मत किन दिने ?
आफ्नो काम छोडेर सामाजिक सेवाको भावले नेपाललाई केही होस भनेर एनआरएनएको सम्मेलनमा भाग लिन आउनु भएका प्रतीनिधीहरुका लागि यो प्रश्न निश्चय पनि महत्वपूर्ण हो। मलाई नै किन मत दिने त ? यस्को मुख्य आधार भनेको मैले बिगतका बर्षहरुमा एनआरएनएमा गरेको योगदानलाई बनाउनु पर्छ जस्तो लाग्छ। त्यस्तै मेरो भबिश्यको कार्यनिती लाई हेरिनु पर्दछ।
१२. तपाइले आफ्नो कार्यकालमा के के काम गर्नुभयो?
मैले आफ्नो कार्यकालमा गरेका केही कामहरु माथिनै भनी सके। त्यस बाहेक अहिले सम्ममा मैले पनि स्थानिय स्तरमा एनआरएनए लाई बिस्तार गर्ने, बिभिन्न क्षेत्रका एलसीसीहरुलाई सकृय पर्ने, तिनीहरु लाई जर्मनको कानुनी सामुहिक लागानीको अबधारणालाई ब्यपकता दिने, र एनआरएनएको आधुनिकिकरणको लागि आइटीको प्रयोगमा मेरो बिशेष योग्दान रहेको थियो।