काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
बैंकले सन् २०१९ मा नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशत पुग्ने जनाएको छ । विश्व वैंकका अनुसार सन् २०१८ को तुलनामा यो सन्तोषजनक वृद्धि हो । सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर थियो ।
सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर बढे पनि त्यसपछिका वर्षहरुमा भने केही घट्नेछ । सन् २०२० मा ६.४ प्रतिशत, सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ ।
nagarikkhabar.com बाट साभार