काठमाडौं । मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकका निर्णय बिहीबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बैठकका १४ निर्णय सार्वजनिक गरे ।
ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा पाँच वर्षका लागि नरेशराज अर्याललाई नियुक्त गर्ने र इजिप्टका ४ जना नागरिकलाई देशनिकाला गर्ने निर्णय भएको उनले बताए ।