डोटी चेम्बर अफ कमर्शले डोटीको दिपायलमा सञ्चालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सब हिजो मंगलबार समापन भएको छ । महोत्सवमा झण्डै ५० लाख बढीको कारोबार भएको आयोजक संस्था डोटी चेम्बर अफ कमर्शले जानकारी दिएको छ । महोत्सबमा एक लाख बढी दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरि पर्यटन प्रवर्दन र स्थानीय उत्पादनहरुको प्रचारप्रसार गर्न भन्दै डोटी चेम्बर अफ कमर्सले यहि फागुन १ गतेबाट उक्त महोत्सव आयोजना गरेको थियो । १३ दिन सम्म सञ्चालन भएको महोत्सवमा डोटी बाट निर्वाचित संघीय सांसद प्रम आलेमगर समापन कार्यक्रमको प्रमुख अथितिको रुपमा उपस्थिति थिए । महोत्सव समापन गर्दै संघीय सांसदर आलेमगरले देशको समृद्धि र विकासका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने बताए । उनले भने, “देशको समृद्धि र विकासका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका छ, बोलेर मात्रै हुँदैन काम गरेर देखाउन जरुरी छ ।” उद्यमको बिकासले नै देशले आर्थिक समृद्धि हासिल गर्ने उनको भनाई थियो ।
चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले चेम्बर अफ कमर्सले आयोजना गरेको उक्त प्रादेशिक महोतसवले स्थानीय उत्पादनहरुको प्रचार प्रसार र जिल्लाका पर्यटकिय क्षेत्रहरुको पहिचान विश्वभर पु¥याउन सहयोग गरेको गरे वताए । उनले भने, “जिल्लामा उत्पान हुने चिज बस्तु तथा यहाँका पर्यटन क्षेत्रको हामीले सबै ठाउँमा पु¥याउन र प्रचार प्रसार गर्न सफल भएका छौँ, यो हाम्रो ठूलो उपलब्धि हो ।”
महोत्सव अवधिभर विभिन्न स्थानीय कला प्रस्तुत गर्ने कलाकार तथा सहयोग गर्ने स्थानीयलाइ प्रमाण पत्र वितरण गरिएको थियो । महोत्सवमा उत्कृष्ठ झाँकी, हुड्के, डेउडा, गौरा, रनपुतला, पञ्चैबाजा समेत प्रस्तुत गरिएका थिए । उत्कृष्ठ स्टल, उत्कृष्ठ उद्यमी, उत्कृष्ठ खेलाडी, सहयोगी र पत्रकारहरुलाई पनि उक्त सामारोहमा सम्मान गरिएको थियो । महोत्सवको प्रायोजक रहेका बैंक, बित्तिय संघ संस्था,होटलहरुलाइ पनि सम्मान पत्र प्रदान गरिएको थियो । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल भएको आयोजक संस्थाका सचिब तेजबहादुर डुम्रेलले बताए ।