सोमबार जोरायल गाउँपालिकाको १० बर्षे कृषि रणनिति निर्माण तथा लगानी सम्मेलनको तयारीका लागि १ दिने अन्तरक्रियात्मक योजना तथा सुझाव संकलन गोष्ठी सम्पन्न भएको छ।
![WhatsApp Image 2023-12-12 at 10.53.53 AM (1)1702358301.jpeg](https://www.okhalnews.com/uploads/posts/WhatsApp Image 2023-12-12 at 10.53.53 AM (1)1702358301.jpeg)
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा ज्युको अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष जमुना वोहरा, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त भट्ट , वडा नं ३ का वडा अध्यक्ष नवीन ओझा ज्यु ,वडा नं ६ का वडाध्यक्ष गणेश वोहरा , कार्यपालिका सदस्य, जोरायल गाउँपालिकामा क्रियासिल राजनिनिक दल, कृषि तथा पशुपालक कृषक, उद्यमी, पत्रकार, कृषि तथा पशुपन्छीपालनका सेवा प्रदायक निकायका प्रतिनिधिहरु र विषयगत शाखाका प्रतिनिधि गरि ५० बढिको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
![WhatsApp Image 2023-12-12 at 10.53.53 AM1702358326.jpeg](https://www.okhalnews.com/uploads/posts/WhatsApp Image 2023-12-12 at 10.53.53 AM1702358326.jpeg)
उक्त गोष्ठीबाट १० बर्षे कृषि रणनीति निर्माण तथा लगानी सम्मेलनका लागि महत्वपुर्ण योजना तथा अमुल्य सुझाव प्राप्त भएका छन । प्राप्त सुझावलाई लिपिवद्ध गरि १० बर्षे कृषि रणनीति तथा लगानी सम्मेलनमा समेटिने कुरा पशुशाखा प्रमुख मान बहादुर रानाले बताउनुभएको छ ।
रेडक्रस को हलमा सप्पन्न उक्त गोष्ठीमा ६ वटै वडाका प्रतिनिधि हरुलाइ ६ समुहमा बिभाजन गरि प्रत्येक वडाको सम्भाव्यता तथा राय संकलन गरिएको थियो , सहभागी उद्धमी हरुबाट विभिन्न विषयमा १०० भन्दा बढी रायसुझाव तथा सम्भाव्यता पेश गरेका थिए ।
कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष जमुना बोहराले अब जोरायल गाउपालिका लाई कृषि हब बनाउन स्थानीय सरकार अग्रसर हुने र त्यसको लागि सरोकारवाला सबैले एकजुट हुनुपर्ने कुरा बताउनुभएको थियो।
त्यस्तै गाउपालिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभाअध्यक्ष दुर्गा ओझाले गाउपालिकाको अबको उदेश्य भनेको कृषि क्षेत्रलाई मजबुत बनाउन कृषिक्षेत्रका हरेक बिषयको डाटा संकलन गर्दै रणनीति बनाएर अघि बढ्ने ,अर्गानिक कृषि प्रणाली लाई प्राथमिकता दिइने,बजारको सुनिश्चितताको खोजी गर्दै नम्बरी बाझो जमिन समेत लिजमा लिएर उत्पादनमा जोड दिने ,कृषि प्राविधिक पढ्ने जेहन्दार विद्यार्थी लाई गाउपालिकाले अनुदान तथा छात्रवृत्ति दिने कुराको प्रतिबद्धता जनाउनुभएको थियो।
कृषि शाखाको डाटा अनुसार हाल जोरायल गाउपालिका भित्र ७३ वटा बाख्रा फर्म ,११ वटा भैंसी पालन फर्म,५ वटा गाई फर्म,१६ ओटा कुखुरा फार्म ६ ओटा बुंगुर फर्म र १ वटा कालिज फार्म संचालनमा रहेर सेवा दिदै आएका छन।