नेपाल सरकारको एक गाउँपालिका एक खेल ग्राम नीति अन्तरगत आ ब२०७६/०७७ मा DPR गरिएको जोरायल गाउँपालिकाको खेल ग्रामको काम ५ बर्ष बिति सक्दा समेत अपेक्षित उपलब्धि तथा प्रगति हुन सकेको छैन । खेलकुद संग्राहलय ,प्रवेशद्वार, खेलमैदान ओरिपरी पर्खाल , नदि तटबन्धन, रेटिङ बाल, अन्य आबस्यक विकास कार्य,फुटबल खेलमैदान ,डौडको ट्र्याक र क्रीकेट पिच जस्ता पुर्वाधार सहितको आधुनिक खेल ग्रामको परिकल्पना सहित रु५ करोड ८० लाख१ हजार ६सय६ रुपैयाँ ६१ पैसाको लागत अनुमान को DPR गरिएको जोरायलको गौरवको रुपामा तयार गरिन लागेको जोरायल खेल ग्राम योजना अहिले बजेट अभावमा कछुवा गतिमा अगाडि बढि रहेको छ ।
संघीय सरकारले दिने बजेट एकदम न्यून भएको र स्थानीय सरकार संग पनि त्यति ठूलो योजनामा काम गर्न सक्ने बजेट श्रोत नहुने भएकाले काम गर्न नसकिएको, साथै यो बर्ष जम्मा १५ लाख बजेट प्राप्त भएकाले नदि तिर तटबन्धन को काम भै रहेको जोरायल गाउँ पालिकाका इन्जिनियर नरेश भट्टले जानकारी दिनु भयो । आबस्यक मात्रामा बजेट नहुँदा ठूलो कुनै काम गर्न नसकिएको स्विकार्दै हाल सम्म खेलमैदान सम्याउने माटो भरान गरि रोलरले पेल्ने ,पानीको निकासको लागि आर सि सि ढल निकास र तटबन्धको केही कार्य भएको र आबस्यक बजेट प्राप्त भै आएमा अन्य कार्य अगाडि बढाउने योजना रहेको साथै थप बजेटको लागि स्थानीय तह मार्फत केन्द्र सरकारलाई पटकपटक माग गरिएता पनि कुनै खास बजेट प्राप्त नभएको गुनासो खेलमैदान कार्य हेरिरहनु भएका गा पा इन्जिनियर भट्टले गर्नुभयो ।
सुरुका बर्षमा बजेट अलि बढी आएता पनि त्यसपछिका बर्षमा बजेट अति न्यून बिनियोजन भै आउने गरेका कारण यो खेल ग्रामको कार्य अपेक्षित रुपमा बढ्न नसकेको , संघिय सरकारले बजेट ब्यबस्थापन गरि दिएमा मात्रै स्थानीय सरकार त्यसको कार्योन्वयन गर्न सक्ने भएकाले केन्द्र सरकारको भरपर्नु पर्ने बाध्यता रहेकोकारण यस्तो भएको जोरायल गाउँपालिका का योजना अधिकृत तथा सूचना अधिकारी चन्द्र सिँ ऐडीले बताउनुभयो ।
जोरायल गाउँपालिकाको घण्टेश्वर मा वि मा निर्माण हुने खेल ग्रामको काम बिगत २ बर्ष अगाडि सम्म वि ब्य स मार्फत हुने गरेको मा पछिल्ला बर्षमा उपभोक्ता समिति मार्फत काम संचालन हुँदै आएको छ । कामले अपेक्षित गति नलिदाँ विद्यालय लगाएत स्थानीय तहमा गरिने विभिन्न खेलकुदका कार्यक्रम गर्न अफ्ट्यारो र अभाव हुने भएकाले यो बिषयमा संघ प्रदेश तथा स्थानीय सरकारले बिशेष चासो तथा पहल गरि खेलमैदान निर्माण कार्य छिटो सम्पन्न गर्न घण्टेश्वर मा वि का साहयक प्रधानाध्यापक मीन बहादुर रोकायाले अनुरोध गर्नुभयो ।