डोटीको जोरायल गाउँपालिकाले वडामा रहेका बिद्यालय अनुगमन गर्न समाजिक बिकास समितिका संयोजक तथा वडा नं २ का वडा अध्यक्ष वीर बहादुर दर्लामी को संयोजकत्वमा गठित समितिले बिगत ३ दिन देखि वडा नं ५ र ६ का विभिन्न बिद्यालयहरुको स्थलगतअनुगमन निरीक्षण गरेको छ ।
वडामा रहेका बिद्यालयको नक्सांकन गर्न तथा दरबन्दी मिलान र बिद्यालयको समस्या पहिचान संगै बिद्यालयको सर्वाङ्गिण पक्षको अध्ययन गरि आबस्यक सल्लाह र पृस्ठपोषण दिने उदेश्यले निर्माण गरिएको समितिले बार्षिक कार्यक्रम अन्तरगत बिगत ३ दिन देखि बिद्यालयमा गएर अनुगमन गर्न थालेको अनुगमनमा सहभागी जोरायल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खत्रीले बताउनु भयो ।
बिद्यालय शिक्षालाई गुणस्तरीय सरल र समयसापेक्ष बनाउने योजना साथ बिद्यालयले भोग्न परेका कठिनाइ समस्या को पहिचान गरि आबस्यक सुझाव सहितको प्रतिबेदन जोरायल गाउँपालिकालाइ बुझाइने र सोही प्रतिबेदनको आधारमा अगामी बर्षका शिक्षा संग संबंधित विभिन्न रणनीति तथा क्रियाकलाप तयारी र कार्यन्वयन गर्ने उदेश्य साथ यो अनुगमन गरिन लागेको अनुगमन समिति संयोजक दर्लामिले बताउनु भयकोछ ।
गठित अनुगमन समितिमा संयोजक सहित जोरायल गाउँपालिका शिक्षाशाखा अधिकृत तेज बहादुर खत्री ,गाउँ पालिका शिक्षा समिति सदस्य सोभान सिँ ओलि,शिक्षक महासंघ अध्यक्ष गणेश बहादुर बम ,शिक्षा शाखा प्राबिधिक साहयक अमृत ओलि,शिबपुर मा बि प्र अ पदमराज उपाध्याय संगै संबन्धित वडाका वडा अध्यक्षको सहभागीतामा बिद्यालयहरुको सर्वाङ्गिण पक्षहरुको अनुगमन भै रहेको छ। यो अनुगमन जोरायल गाउँपालिका भरिका सम्पुर्ण बिद्यालय हरुमा गरिने र अध्ययनमा प्राप्त समस्या तथा सुझाव सहितको बिस्तृत प्रतिबेदन गाउँ पालिकालाइ बुझाइने अनुगमन समितिले जनाएकोछ ।
जोरायल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले यो भन्दा अगाडि पनि बिद्यालयका शैक्षिक भौतिक सुधारका नमुना कार्य गरिसकेको छ । गत बिगतका बर्षहरुमा बिद्यालय संगै शिक्षक दरबन्दी मिलान,कक्षा १ -८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण ,१० बर्षे शैक्षिक रणनीति जस्ता महत्वपूर्णकार्य जोरायल गाउँपालिकाले गरिरहेको छ। अझै अगामी दिनमा समेत शैक्षिक क्षेत्रका विभिन्न समस्या तथा आबस्यकताको पहिचान गरि रचनात्मक पृस्ठपोषण र भावी रणनीति तयार गरि शिक्षामा आमुलपरिवर्तन गर्ने उदेश्य साथ गरिन लागेको अनुगमन अति फलदायी हुने बिश्वास यस क्षेत्रमा रहेका बिद्यालयहरुले गरेकाछन।