डोटी
डोटीको जोरायल गाउँपालिकामा पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०८० शुक्रबारदेखि सुरु भएको छ ।
जोरायल–४, कुडिकोटको श्री घन्टेश्वर माध्यमिक विद्यालयमा आयोजना गरिएको प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा रहनुभएको थियो । त्यस्तै घन्टेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष देब सिंह साहुको अध्यक्षतामा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहरा र प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट विशिष्ट अतिथि रहनुभएको थियो ।
प्रतियोगिताको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले पालिकाले खेलकुदलाई व्यवस्थित गर्दै खेलकुदमा युवाहरूको आर्कषण बढाउँदै युवाहरूलाई स्वदेशमा व्यवस्थापन गर्न योजना बनाइरहेको । ‘पछिल्लो समयमा खेलकुद प्रति आकर्षण बढ्दो रहेको छ, यसलाई अझै व्यवस्थित गरिनुपर्छ । खेलकुदको विकास पालिकाले प्राथमिकतामा छ, गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो, ‘खेलकुद क्षेत्रको विकास गरेर युवाहरूलाई आर्कषण गर्न खोजिरहेका छौं, साथै युवाहरूलाई स्वदेशमा कसरी व्यवस्थापन गर्ने विषयमा पनि योजनाहरू बनाईरहको छौं ।’
त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहराले पालिकाले शिक्षा तथा खेलकुद क्षेत्रमा २ करोड भन्दा धेरै लगानी गर्नुका साथै, बालबिकासका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उपाध्यक्ष बोहराले जोरायल क्षेत्रलाइ चिनाउन सबै एकजुट हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खत्री वडा नं.२ का वडा अध्यक्ष वीर बहादुर दर्लामी , वडा नं.४ का वडा अध्यक्ष नन्दराज भट्ट र वडा नं.६ वडा अध्यक्ष गणेश बोहराले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वडा नं.५ का वडा अध्यक्ष ध्वज बहादुर देउवा, वडा नं.३ का वडा अध्यक्ष नवीन ओझा, कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी लगायत स्थानीयको बाक्लो उपस्थिति थियो ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, कराँते, लगायतका खेल समावेश गरिएको छ ।
पुष २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ११ विद्यालयका विद्यालयका करिब ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने गाउँपालिकाका शिक्षा शाखा अधिकृत तेज बहादुर खत्रीले जानकारी दिनुभयो ।
घन्टेश्वर मा.वि. कुडिकोटका शिक्षक सुबोध सस्मित रावतले खेलाडीहरूलाई मार्च पास गराइएको कार्यक्रममा स्वागत मन्तव्य प्रतियोगिताको व्यवस्था जिम्मेवारीमा समेत रहेको घन्टेश्वर मा.वि. कुडिकोटका प्रधानाध्यापक लाल बहादुर कुवंरले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने सहप्रधानाध्यापक मीन बहादुर रोकायाले गर्नुभएको थियो ।