निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, जोगबुडा अस्पताल, परशुराम नगरपालिका एवम् लायन्स तथा लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको संयुक्त आयोजनामा पर्शुराम नगरपालिका डडेल्धुरामा बैशाख ३१ गतेका दिन १ दिने बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना सम्पन्न भएको छ ।
शहर केन्द्रीत मात्रै नभएर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण भेगका नागरिकलाई घरदैलोमै पुगेर निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिदिएकोमा परसुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले निसर्ग हस्पिटल परिवारलाई धन्यबाद व्यक्त गर्नुभयो ।
विशेषज्ञ डाक्टरहरुको टिमद्वारा संचालन गरिएको १ दिने शिविरमा उक्त क्षेत्रका १ हजार २१४ जना विभिन्न स्वास्थ्य समस्या भएका नागरिकले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा लिएको परशुराम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर सिंहले जानकारी दिनुभएको छ ।
स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण पहाडी क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको निसर्ग हस्पिटलका मेडिकल डाईरेक्टर मेराज आलम अन्सारीले बताउनुभयो ।
शिविरमा निसर्ग हस्पिटलका मेडिकल डाईरेक्टर डा. मेराज आलम अन्सारीको नेतृत्वमा डा. नजमुस्सबा अन्सारी, डा. साजन खड्का, डा. बम ब कुवंर, डा. भुबन भट्ट, डा.विजय बिक्रम बम, डा. अनिल खड्का, डा. स्वीकृति पन्डीत लगाएत जोगबुडा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सिविरमा आएका बिरामीहरुको चेकजाँच र उपचार गर्नुभएको थियो ।
निसर्ग हस्पिटलले नवजात शिशु तथा बालरोग, स्त्री तथा प्रसुती रोग, न्युरो मस्तिस्क नशा तथा मेरुदण्ड रोग, छाला यौन कुष्ठरोग तथा सौन्दर्ग सेवा, हाडजोर्नी तथा नसा रोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, मृगौला तथा मुत्ररोग, जनरल मेडिसिन (फिजिसियन), मुटुरोग, मानसिक तथा मनोरोग, नवजात शिशु तथा बालरोग, मुख अनुहार तथा बंगारा रोग, दन्त तथा गिजारोग, आईसीयू, एनआईसीयू, रेडियोलोजी, एनेस्थेसिया लगायत २४सै घण्टा अप्रेशन सेवा प्रदान गर्दै आएको छ ।