डोटीको जोरायल गा पा ३ आज पुर्णखोप वडा घोषणा भएको छ । आज एक कार्यक्रमका बिच सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र चन्कट्टेमा यो वडालाइ पुर्णखोप वडाको रुपमा घोषणा गरिएको हो ।वडाले पुर्ण खोप र दिगोपनाका विभिन्न चरण पूरा गरेकाले यस्लाइ औपचारिक कार्यक्रम बिच घोषणा गरिएको हो ।
जोरायल गा पा ३ का वडा अध्यक्ष तथा सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द ब्यबस्थापन समिति अध्यक्ष नवीन ओझा को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिती जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द बहादुर बिस्ट रहनुभएको थियो । त्यसै गरि वडा सदस्य ,खोप समन्वय समिति सदस्य, महिला स्वास्थ्य स्वयंसेवीका को आथित्यता रहेको कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख डाक्टर अजय यादवले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका अधिकांश वक्ताहरुले सबैको अथक प्रयास र सहयोगले पुर्ण खोप वडाको घोषणा सम्भव भएको, साथै आउँदा दिनमा पनि सबै आ आफ्नो क्षेत्रबाट यस्को दिगोपनाको लागि कटिबद्ध रहनुपर्ने कुरामा जोड दिनुभयो ।![1716044000136-1716044097.jpg](https://www.okhalnews.com/uploads/posts/1716044000136-1716044097.jpg?timestamp=1716044186358)
आजको पुर्ण खोप घोषणा कार्यक्रममा विभिन्न सहयोगी तथा महिला स्वास्थ्य स्वयंसेवीका हरुलाइ प्रसंसा पत्रले सम्मान गरिएको थियो । यो अभियान सफल पार्न जोरायल गाउँपालिका कार्यालय संगै ३ नम्बर वडा कार्यालय , खोप समन्वय समिति, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका ,बिद्यालय लगाएत सम्पुर्ण वडाबासीले महत्वपूर्ण भुमिका निर्वाह गरेको वडा अध्यक्ष तथा पुर्ण खोप समन्वय समितिका अध्यक्ष नवीन ओझाले बताउनुभयो। त्यसैगरी कार्यक्रमका प्रमुख अथिती जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री गोबिन्द बहादुर बिस्टले ३नम्बर वडा पुर्ण खोप वडा भएको खुशी संगै बधाई व्यक्त गर्दै यसै ७ गते गाउँपलिकालाइ समेत पुर्ण खोप घोषणा गर्ने तयारी रहेको बताउनुभयो ।
कार्यक्रममा सरस्वतीनगर प्राथमिक स्वाथ्य केन्द प्रमुख डा अजय यादव ,जनस्वास्थ्य निरीक्षक नन्द बहादुर देउवा ,स्वास्थ्यकर्मी, स्वास्थ्य ब्यबस्थापन समिति सदस्य ,महिला स्वास्थ्य स्वयम् सेविका ,लगाएत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक नन्द बहादुर देउवाले गर्नुभएको थियो ।