झिग्राना डोटी । भु-स्वर्गका रूपमा चिनिने खप्तड क्षेत्रसम्म जोड्ने सिलगढी-झिग्राना सडक खण्ड कालोपत्रे हुने भएको छ।
सडक कालोपत्रे हुने भएपछी यहाका स्थानिय बासी निकै खुसी भएका छन भने खप्तड घुम्न आउने पर्यटकहरूलाई यात्रामा पनि उत्तिकै सहज हुने भएको छ ।
३८ करोड लागतमा १५.६ कि. मि. सडक निर्माण कालोपत्रे हुने भएको छ । उक्त सडकको २ प्याकेजमा ठेक्का सम्झौता भैसकेको छ भने लगत्तै १ महिना भित्र काम सुरु हुने भौतिक पूर्वाधार बिकास कार्यालय डडेल्धुरा का इन्जीनियर हेमराज भट्टले बताए ।
खप्तड जाने सडक कालोपत्रे भए संगै सुदुर पश्चिमका जिल्लाहरुको आर्थिक समृद्धिको बाटो खुल्ने र यसले नेपालकै अर्थतन्त्रमा सहयोग पुग्ने देखिन्छ ।
निर्माण कार्यको जिम्मा सीएबी कन्स्ट्रक्सन प्रा लि ले पाएको छ । सो सडक आगामी ३ बर्षमा कार्य सम्पन्न गर्ने गरि काम शुरु हुदैछ ।
सडक निर्माण भएसँगै खप्तडको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने छ । साथै पुर्बिचौकी गाउपालिकाका बग्लेक,झिग्राना,भार्तोली,वाडी,कुडासैन र सायल गाउपालिका का भल्मा,सपरा,बेटारा का स्थानिय जनतालाई सदरमुकाम आवोत जावोतमा सहज हुने छ । साथै भल्मा,सपरा,बेटारामा उत्पादन हुने आलुले बजार पाउने छ।
सो सडक निर्माण भएपछी खप्तड क्षेत्रमा आन्तरिक तथा बाहय पर्यटनको संख्यामा वृद्धि हुनुका साथै यस क्षेत्रका स्थानीयहरुको दैनिकीमा परिवर्तन आउने छ ।