डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडामा तिन बर्षको अवधीमा १ सय ६३ जना बालबालिको बिवाह भयो । लडागडा डोटी सदरमुकाम सिलगढीवाट नजिकै भए पनि जिल्लामा बढी बालविवाह हुने क्षेत्रका रुपमा चिनिन थाले पछि दिपायल सिलगढी नगरपालिकाले आगामि तिन बर्ष भित्र बालबिवाह अन्त्यका लागि रणनितिक योजना सार्वजनिक गरेको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा आईतवार दिपायल सिलगढी नगरपाकिाले बालबिवाह अन्त्यका लागि निर्माण गरिएको रणनितिक योजना सार्वजनिक गरेको हो ।
नगपालिका स्तरीय बालक्लव सञ्जालको आयोजनमा भएको रणनितिक योजना सार्वजनिक कार्यक्रममा डोटी स्थित बिभिन्न सुरक्षा निकायका प्रमुख, नगरपालिकाका बिभिन्न वडाका अध्यक्षहरु, लगायत सरोकारवाला निकायका प्रतिनिधीको सहभागीता रहेको थियो ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले रणनितिक योजना नगरकार्यपालिकाले पारित गरि लागु भईसकेको हुदा कार्यान्वयनको लागी सबै क्षेत्रको सहयोग आबश्यक रहेको कुरा बताउनुभयो । नगरप्रमुख मलासीले भन्नुभयो,– “बालबिवाह धेरै हुने ठाउँलाई अवको तिनबर्ष भित्र बालबिवाह शुन्यमा झारेर देशकै नमुना ठाउँको रुपमा बिकास गर्नु पर्छ ।”
गुड नेवर्स ईन्टरनेशनल नामक गैरसकारी संस्थाको सहयोगमा सामुदायिक बिकास केन्द्र डोटीले सो रणनिती योजना तयार गर्नमा दिपायल सिलगढी नगरपालिकालाई आर्थिक तथा प्राविधिक सहयोग गरेको हो । सामुदायिक बिकास केन्द्रले लडागडामा बालबिवाहका बिषयमा गरेको अनुसन्धानका क्रममा बालबिवाहमा परेका ९२ जना किशोर किशोरीहरु मध्येमा २२ जना केटा ७० केटीले विवाह अगावै विद्यालय छोडेका र ७१ जना किशोर किशोरी मध्ये १३ केटा र ५८ केटीले कक्षा ६ देखि १२ कक्षा पढ्दा पढ्दै बिवाह गरेको तथ्य पत्ता लागेको हो ।
बालबिवाहले बालबालिकाको समग्र बिकासमा बाधा पुगेको औल्याउदै दिपायल सिलगढी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रामबहादुर खडकाले बालबिवाह अन्त्यका लागि जस्तो सुकै कडा कदम चाल्न पनि तयार रहेको बताउनु भयो ।
कानुनले बिवाह गर्न योग्य उमेर २० बर्षलाई मानेको छ । बालबिवाहले बालबालिकाको स्वास्थ्य र सामाजिक रुपमा समस्याका ल्याउनुका साथै कानुनी जटिलता समेत उत्पन्न गरेको छ । कानुनले बालविवाहलाई गैरकानुनी भने सँगै बिवाह दर्तामा समस्या उत्पन्न हुनुका साथै जन्मिने बच्चाको जन्म दर्तामा समेत समस्या उत्पन्न हुने गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भन्नुभयो,–“पहिला–पहिला कानुनमै २० बर्ष उल्लेख नगरेको पनि थियो, तर अहिलेको कानुनले २० बर्षलाई बिहे योग्य उमेर भनेको छ, २० बर्ष नपुग्दै कोही पनि शारिरिक मानसिक हरेक हिसावले परिपक्व भएको हुदैन ।”