काठमाडौं । मौसममा आएको खराबीका कारण ७ वटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेका ती हेलिकप्टर मौसममा खराबी आएपछि बीच बाटोमै आकस्मिक अवतरण गरिएको हो ।
काभ्रेको पाँचखाल तथा सिन्धुलीको नेपालथोकमा गरी ७ वटा हेलिकप्टरको आकस्मिक अवतरण गराइको बताइएको छ । जसमध्ये पाँचखालको जोरपाटी र हर्सेमा ४ वटा तथा सिन्धुलीको नेपालथोकमा ३ वटा हेलिकप्टरको आकस्मिक अवतरण गरिएको हो ।
तस्बिर- @sarojshree को ट्विटरबाट