काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका सचिवालयका ६ नेताहरुको बैठकले अध्यादेश फिर्ताका लागि प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको छ ।
अर्का एक सचिवालय सदस्यले भने, 'हामीले भोलिसम्म अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका छौँ । फिर्ता नभएमा पर्सि नै स्थायी समिति बैठक बोलाइने छ । अध्यादेश फिर्ता भएमा भने हामीले स्थायी समिति बैठक लकडाउन खोलेपछि बोलाउने निष्कर्ष निकालेका छौँ ।'
भैँसेपाटी बैठक चलिरहेका समयमा प्रधानमन्त्री ओली राष्ट्रपति भवन गएको खबर आएपछि नेताहरुले भोलिसम्म दुवै अध्यादेश फिर्ता लिने विश्वास व्यक्त गरेका छन् ।