अछाम। नेकपा एमालेको अगुवा कार्यकर्ता भेला मेल्लेखमा सम्पन्न भएको छ ।
नेकपा एमाले मेल्लेख गाउँपालिका कमिटी अध्यक्ष केशर साउदको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा नेकपा एमाले केन्द्रीय सदस्य एवम् अछाम जिल्ला इन्चार्ज झपट बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।
भेलामा बोल्दै प्रमुख अतिथि बोहराले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारको जित सुनिश्चित हुने गरि खटिन कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
निर्वाचनका लागी आवश्यक चुनावी रणनीति तय भैसकेको बताउँदै उहाँले केही दिनमै वडा र पालिकाका उम्मेदवारको टुङ्गो लाग्ने उल्लेख गर्नुभयो ।
जनताको हितका लागी काम गर्ने पार्टी एमाले मात्र भएको बताउँदै बोहराले निर्वाचनमा जनताले एमालेलाई न्याय गर्नेमा विश्वस्त रहेको बताउनु भएको छ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य कुशल राज बुढा विशिष्ट अतिथि रहनु भएको थियो भने जिल्ला उप सचिव प्रेम महर,जिल्ला कमिटी सदस्य नरपति रावल,भीम खड्का,चन्द्र साउद,कमल देवी ताम्राकार ,कमल साउद, अमर लुहार,देवेन्द्र बुढा, चन्द्रा कुमारी बुढा,अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र खड्का,नेपाल राष्ट्रिय शिक्षक संगठन मेल्लेख गाउँपालिका अध्यक्ष पृथ्वी रावल लगायतका अतिथि रहनु भएको थियो ।
गाउँपालिका कमिटी उपाध्यक्ष अनिल शाहले स्वागत गर्नु भएको भेलाको सञ्चालन सचिव सुरेन्द्र साउदले गर्नुभएको निर्वाचन प्रचार प्रसार कमिटी सदस्य राम बहादुर साउदले जानकारी दिनु भएको छ ।बन्नीगढ़ीटुडे बाट