जुम्ला । आज (बिहिवार) कर्णालीको आर्थिक,सांस्कृतिक,सामाजिक तथा पर्यटन क्षेत्रको समृद्धिका लागि जुम्लामा कृषि पर्यटन,सांस्कृतिक तथा औधोगिक व्यापार प्रादेशिक महोत्सवको आयोजना गरिएको छ ।
जुम्लाको सदुरमुका खलङ्गामा प्रादेशिक महोत्सवको उद्घाटन गदै मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले अबको विकास संघिय व्यवस्थाबाट मात्रै सम्भव भएको बताएका छन् । मन्त्री शाहीले संघियतामा जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले मात्र जनताको विकास र समृद्धिको सपना पुरा गर्न सक्ने बताए ।
मुख्यमन्त्री शाहीले हिजो आफुहरुले जनयुद्धमा राज्य सत्ता परिवर्तन गर्न लागेको र अहिले विकास,समृद्धि र सुशासन का लागि लागिपरेको बताए । मुख्यमन्त्री शाहीले विकास,समृद्धि र सुशासन का लागि आफुहरुले एकात्मक राज्य व्यवस्था परिवर्तन गरेर संघिय गणतन्त्रात्मक व्यवस्था ल्याएको बताए ।
शाहीले bhane "सिहदरवारमा रहेको अधिकार आफुहरुले प्रदेश र गाउँ गाउँ मा ल्याएका हौ त्यसैले अबको विकास संघिय व्यवस्था बाट मात्रै सम्भव छ हामी लागु गदैछौं ।"
मुख्यमन्त्री शाहीले अहिलेको शासन व्यवस्था समावेशी,समानुपातिक सहित दलित जनजाती महिला पिछडीएका बर्गहरुको सहभागिता मुलक रहेको बताए ।
अबको हाम्रो मुख्य एजेण्डा भनेको आर्थिक विकास,समृद्धि र सुशासन हो र यो जिम्मेवारी चुनौतिपुर्ण छ तर आफुहरु आफ्नो कार्यभार सफल बनाएर नै छोड्ने बताए ।
मुख्यमन्त्री शाहीले हिजो कर्णालीको असन्तुलित विकास भयो जहा पावर र ठुला नेताहरु थिए त्यही विकास गयो । अब त्यसरी देश प्रदेश र स्थानीय तहको विकास हुन सक्दैन अबको राजनिति राजनितिका लागि विकास नभई विकासका लागि राजनिति हुनुपर्ने मा जोड दिए ।
उनले भने “अबको राजनिति भनेको नेता भएको ठाउमा पुल हाल्ने होईन खोला भएको ठाउमा पुल हाल्ने हो । नेता भएको ठाउमा स्कुल दिने होइन जहा गाउँ छ त्यहा स्कुल दिने हो अनि मात्र जनताले विकास र समृद्धिको महशुस गर्ने छन् ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश देशकै विकट प्रदेश भएकोले आफुहरुले विकट गाउँ गाउँहरुलाई जोडेर एकिकृत बस्ती को अवधारण ल्याएको समेत बताए । मन्त्री शाहीले प्रदेश भरीका योजनाहरुको सम्भाव्यता अध्ययान गरेर प्राथमिकताको आधारमा कार्यान्वयन मा लैजाने सरकारको योजना रहेको बताए ।
मुख्यमन्त्री शाहीले भने “कर्णाली प्रदेशको ठुलो समस्या भनेको गरिवी हो । गरिवीको अन्त्यका लागि कर्णाली प्रदेश सरकार लागेको छ । कर्णालीको गरिवी कम गर्न पर्यटन ले ठुलो टेवा पुर्याउने छ । त्यसैले प्रदेश सरकारले मुगुको रारा र डोल्पामा रहेको से–फोक्सुण्डो मा भौतिक पर्वाधारहरु निर्माण गर्ने र निजि क्षेत्र संग पनि सहकार्य गरेर प्रदेशको पर्यटन व्यवसाय बाट समृद्धिको बाटो तिर प्रदेशलाई लैजान्छौ ।”
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने योजना समेत प्रदेश सरकारले ल्याएको बताए । हामी तत्काललाई हामीले प्रदेश लाई कृषिमा आत्मनिर्भरको योजना ल्याएका छौ । अहिले पनि बर्षेनी ५ लाख क्विन्टल चामल आयात हुन्छ यसलाई रोक्न सकेमात्र ठुलो उपलब्धी हुने मुख्यमन्त्रीको शाहीले बताए ।
मुख्यमन्त्री शाहीले प्रदेशका सिचाई योग्य जमिनमा सिचाइका लागि आफुहरुले एक अर्ब बजेट छुट्याएको समेत बताए । उनले भने “हामीले कृषिलाई आधुनिकिकरण गर्न कृषिमा यान्त्रीकरणमा लैजान उचित बजेटको व्यवस्था गरेका छौ ।”
मुख्यमन्त्री शाहीले कर्णालीको अर्को समस्या वेरोजगारी रहेको र त्यसलाई पनि कम गर्न युवाहरुलाई व्यवसायमा जोड्ने सरकारको योजना रहेको सुनाए ।
१० दिन सम्म लाग्ने मेलामा ८९ ओटा स्टलहरु राखिएका छन् । महोत्सवमा स्थानीय उत्पादन,स्थानीय उद्योगबाट उत्पादित बस्तु,घरेलु राडीपाखी,दिउ,पाखो,टोपी,कोट लगाएतका सामाग्री राखेकाछन् ।
मेलामा ५७ लाख रुपैयाँ खर्च हुने भएकोमा ६६ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । जुम्लाको स्याउ,सिमी,आलु,फापर,कोदो,चिनो,कागुनोको फरक –फरक परिकार उपलब्ध गराईने छ । राष्ट्रियस्तरका कलाकारको पनि उपस्थिति रहने छ । महोत्सवको आयोजना जुम्ला उद्योग बाणिज्य संघले गरेको हो ।