रामेछाप । जनकपुरमा आयोजित २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादल प्रमुख अतिथिका रुपमा पुग्ने कार्यक्रम थियो । बिहानैदेखिको मौसम खराबीका कारण गृहमन्त्री थापा चढेको हेलिकोप्टर काठमाडौं नै फर्किएको छ ।
गृहमन्त्री थापा चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण गरेको थियो । सुरक्षा गोष्ठीमा भाग लिन काठमाडौंबाट जनकपुर जाने क्रममा बाक्लो कुहिरोको कारण रामेछापको मन्थली विमानस्थलमा आकास्मिक अवतरण गराइएको थियो ।
मन्थलीको एक होटलमा खाना खाएर केहीबेर मौसम खुल्ने आशामा थिए । तर, मौसम नखुलेपछि गृहमन्त्री थापा काठमााडौं फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए ।
हेलिकोप्टरमा गृहमन्त्री थापासँग गृह सचिव प्रेमकुमार राई पनि थिए । मौसम बिहानदेखि नै खराब भएको भट्टराईले जानकारी दिए ।
साभार nagarikkhabar.com