नवराज जोशी, सिलगढी । दशैँ, तिहार लगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री, वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटी ,दिपायल सिलगढि नगर पालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको सयुक्त आयोजनामा शनिबार बजार अनुगमन गरीएको छ ।
अनुगमनका क्रममा झण्डै आठ लाख रुपैयाँ बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला परेको दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख शिव राज खडकाले बताए । बजार अनुगमनका क्रममा टोलीले लाखौँ मूल्य बराबरका बिस्कुट, चाउचाउ, दालमोठ, विभिन्न मसला आइटम, जुस, चक्लेट, गुल्कोज, हर्लिक्सस लागयतका अखाद्य बस्तु बरामद गरेको छ ।
दिपायलको पिपल्ला बजारमा अखाद्य वस्तु बिक्री, वितरण भएको गुनासो आउन थालेपछि टोलीले बजारमा छड्के अनुगमन गरेको बताउदै र लुकि छिपी बिक्रि हुने अखाद्य वस्तुको व्यापार रोक्नका लागि बजार अनुगमन गरिएको र उक्त कार्यमा अबरोध गरे खाद्य सुरक्षा ऐन अन्तर्गत कारबाही गरिने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
उपभोक्ताको प्रत्यक्ष स्वास्थ्य संग जोडिएको अखाद्य बस्तु बरामद गरिएको कार्य राम्रो भएको र यस्ता अनुगमनले निरन्तरता पाउनु पर्ने उपभोक्ताहरुले बताएका छ्न । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र सरोकारवाला सहितको टोलीले दिपायलको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा तथा जिल्ला सदमुकाम सिलगढीमा छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा प्राप्त म्याद नागेका अखाद्य बस्तुलाई सोमबार विभिन्न सरोकारवाल निकायको उपस्थीतिमा दिपायल सिलगढी नगरपालिकाको सभाहल नजिकै नष्ट गरीएको छ ।