काठमाडौं । सूर्यविरही साउदको मौलिकता झल्कने झिट्टा डेउडा ‘डोट्यालीका फेला’ बोलको गीत शनिबार सार्वजनिक भएको छ ।
बसिबियाँलो म्यूजिक प्रा.लि.को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द सिर्जना गोरख जनकपुरीको रहेको छ, लय सूर्यविरही साउँदको रहेको छ ।
गीतमा सूर्यविरही साउद, रेखा जोशी, गौरी भट्ट, पुष्पा बोहरा, दीपा रोकाया, खडक बाजुराली, राजेन्द्र बाजुराली र गणेश साउँद जिसिले स्वर भरेका छन् ।
सुदुर पश्चिमकाे कला संस्कृति उजागर गर्दै त्यहाँकाे मौलिकतालाई गीत मार्फत बजारमा ल्याउने गाएक साउदले यो पाला पनि सुदुर पश्चिमकाे तराइ भेगमा बसोबास गर्ने थारु समुदायको केटिले अर्काे जातको केटासंग बिहे गर्दको घटनालाई भिडियोमा समाबेस गरेकाे बताएका छन ।
बहुजाति बहुभाषि हाम्रो देशमा कुनै जात धर्ममा भेदभाब गर्नु हुदैन सबै समान हुन भन्ने कथा भिडियाेमा देख्न सकिने गायक साउद बताउछन ।
बिनोद बाजुरेलीको एरेन्जमा मालश्री रेकर्डिङ् स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो निर्देशन भीम थापाले गरेका छन् ।
भिडियाेमा गायक साउँद, कल्पना बि.सि, नविन साउँद, झरना बोहरा, दिर्घ फुलारा, लक्ष्मी बि.सि. र अनु बोगटीकाे अभिनय देख्न सकिन्छ ।
डि.बि रेउलेले छायाङ्कन गरेको गीतको भिडियो सम्पादन प्रविण रेश्मि मगरले गरेका छन । radiokathmandu.com बाट साभार